सिता बि.क
दाङ,नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले एमालेले सडकदेखि सदनसम्म जनताका कुरा सशक्त रुपमा राखेको बताउनुभएको छ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा भेलालाई सम्वोधन गर्दै उनले आफूहरूले सशक्त रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
प्रमुख अतिथि थापाले सरकारले आर्थिक बर्षको उत्तार्धमा समेत बिकासका गतिविधि सुस्त र राजस्व वृद्धिमा कुनै परिबर्तन नभएको भन्दै यस्ता गतिविधि प्रती जनतालाई सुसूचित गराउदै आएको बताउनुभयो ।
साथै उहाँले सत्य,तथ्य विचार जनतमाझ लैजान जरुरी रहेको समेत बताउनुभयो। उहाँले श्रमजीविका मुद्धा, संगठीत, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थिको अध्यक्षतामा सम्पन्न सभालाई सम्वोधन गर्दै केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले नयाँ पुस्तालाई संगठित गर्नुपर्ने, पत्रकार महासंघमा नेतृत्व स्थापीत गर्ने सवालमा चौतारीले भूमिका खेल्ने बताउनुभयो ।
उपाध्यक्ष सविन प्रियासनले प्रदेश सरकारले प्रदेश संचार परिषद्लाई भूमिका दिन नसकेको प्रति गुनासो गर्दै दवाव सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
चौतारीका महासचिव हिरामन लामाले संगठन निर्माण, विस्तार र सुदृढिकरणका लागी व्यक्तिवादी सिद्धान्त हावी हुन नहुने भन्दै सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो।सभालाई नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, नेकपा एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, प्रेस चौतारी लुम्बिनी ईञ्चार्ज मोहन चापागाई, प्रेस चौतारी लुम्बिनी प्रदेशका सल्लाहकार भरत केसी,लुम्बिनी प्रदेश सञ्चार परिषद संयोजक मिलन गाहा, संसदीय मामिला पत्रकारका अध्यक्ष घनश्याम गौतम,नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायतका वक्ताहरुले परिवर्तनलाई संस्थागत गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले जनसरोकारको सवालमा कतिबद्ध भएर भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्