सीता बि.क
प्युठान,नेकपा एमाले प्युठान नगरपालिका - ९ नम्बर वडा कमिटीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ।
पार्टीका संगठित सदस्य प्युठान नगरपालिका वडा नम्बर-९ मरन्ठाना कालिपातल निबासी तारा बहादुर घर्तिको बुवा स्वर्गीय रिम बहादुर घर्तिको तस्बिरमा टीका लगाई श्रद्धाञ्जली अपर्ण गरिएको हो।नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य दिपेन्द्र के सि सहित वडा कमिटीका अन्य पदाधिकारी निवासमै पुगरे घर्तिको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गर्नुभएको हो।
नेकपा एमाले जिल्ला सचिबालय सदस्य दिपेन्द्र के सि ले घर्तीको निधनले सिंगो जिल्ला कमिटी लाई नै दुखित तुल्याएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो। घर्तिले तारा जस्तो मिहेनति र समाजसेवी छोरा जन्माएकोमा सबैले गर्व गर्नुपर्ने उहाले बताउनुभयो।
सदस्य केसीले तारा घर्ति सहित परिवारका सबैलाई बुवाले देखाएको सतकर्मको बाटोमा सधैँ हिँडिरहन आग्रहसमेत गर्नुभयो।तारा जस्तो सामाजिक व्यक्तित्वलाई उहाँले जन्माउनु भयो। नेकपा एमाले ९ नम्बर वडा लाई चलायमान बनाउन उहाँको पनि भूमिका छ।उहाँको बुवाले पार्टिमा पुर्याएको योगदान सिङ्गो पार्टी पङ्तीले सधैँ सम्झिरहने छ,’उहाँले भन्नुभयो ।
उच्च रक्त चापका कारण आफ्नै निवासमा घर्तिको ७८ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो।
प्रतिक्रिया राख्नुहोस्