सीता बि.क
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठको पहलमा अति विपन्न परिबारलाई जस्तापाता सहयोग गरिएको छ।
प्युठान नगरपालिका वडा नम्बर-२ चितिखोला निवासी अति बिपन्न कमारो रावतलाई सहयोग स्वरुप २८ वटा जस्तापाता हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो।
केहि दिन अगाडी चितिखोला पुग्दा गरिबीका कारण खुला आकाश मुनि बस्न बाध्य भएका रावत परिबारको अबस्था देखेपछि जसरी भएपनी रावतलाई जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता गरेका थियौं सोही अनुरुप केही सहयोगी मनलाइ अनुरोध गरियो र रकम संकलन भए पस्चात रावत परिबारलाई हामिले सहयोग स्वरुप जस्तापाता उपलब्ध गराएको प्युठान नगरपालिका का वडा ३ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता समेत रहेका श्रेष्ठको भनाई छ।
तस्बिर: बिपन्न परिबार कमारो रावतको निर्माणधिन घर
बास्तविक पीडित बेसहारा,बिपन्न परिबार,असक्त र बृद्धहरुको सहयोग मानब धर्म नै ठुलो धर्म रहेको बताउँदै श्रेष्ठले जस्तापाता सहयोगको सहजीकरण गर्नुहुने सहजीकरण एवं सहयोगका लागि २ नम्बर वडा अध्यक्ष मोहनसिंह बिष्ट,कार्यपालिका सदस्य गायत्री बिष्ट,प्युठान नगरपालिका शिक्षा शाखाका श्रोत ब्यक्ति बिष्णु पोख्रेल,नगरप्रमुखका सचिवालय पुस्कर शर्मा,हरि बिएम,कृष्ण खड्का, सिमन्त न्यौपाने,कृष्ण श्रेष्ठ, मिन बहादुर कुवर,गोबिन्दराज नेपाली, राजेन्द्र श्रेष्ठ, सुर्य घर्ती,झक बहादुर बुढा लगायतलाई समेत धन्यवाद दिनुभयो।
वर्षौदेखि आफन्तको घरमा बसेका राउत परिवार जस्तापाताको छाना पाएपछि अहिले अत्यन्तै खुशी खुशि हुनुहुन्छ।
आफु बस्ने घरमा जस्तापाता लगाउनु मेरा लागि ठूलो सपना थियो। उहाँले भन्नुभयो -"अहिले नगर प्रबक्ता श्रेष्ठको पहलमा जस्तापाता पाएपछि मेरो सपना बिपनामा परिणत भएको छ।"
तस्बिर: प्युठान नगरपालिका वडा नम्बर - २ चितिखोला निवासी अति बिपन्न कमारो रावत
प्रतिक्रिया राख्नुहोस्