दाङमा गाडिकाे ठक्करबाट मृत्यु भएका दुई दिदी बहिनिको मृतकका परिवारलाई २६ लाख क्षतिपूर्ति दिने सहमति

दाङमा गाडिकाे ठक्करबाट मृत्यु भएका दुई दिदी बहिनिको मृतकका परिवारलाई २६ लाख क्षतिपूर्ति दिने सहमति

प्युठान,राप्ती गाउँपालिका- ८ पिपरीमा गत बुधबार दिउँसो भएको सडक दुर्घटनामा परि मृत्यु हुने दुई दिदी बहिनिको परिवारलाई २६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ।

बिहिवार मृतकका आफन्त, गाडी धनि र प्रहरी बिच भएको सहमति अनुसार झिमरुक गाउँपालिका-८, गब्दि बस्ने ३५ बर्षिय राधा बस्नेतकाे परिवारलाई १० लाख रकम र त्यस्तै राप्ती गाउँपालिका सिसनिहा निवासि २० बर्षिय बिपना केसीकाे परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमती भएको वार्तामा संलग्न झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।उपाध्यक्ष पोख्रेलका अनुसार मृतक राधा बस्नेतको नाबालक दुई छोराछोरी कक्षा दशमा अध्यनरत प्रकृया बस्नेत र कक्षा ५ मा पढने प्रयास बस्नेतलाइ पढाइ खर्चबापत रु ५ लाख र अन्य किरिया खर्च १ लाख गरि जम्मा २६ लाख रुपैया क्षतिपूर्ति पाउने गरि इलाका प्रहरी कार्यालय भालुवाङमा लिखित सहमति भएको बताउनुभयो। दिनभर भएको वार्ताले पीडित पक्षलाई केही भएपनी राहत मिलेको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

बुधबार बेलुका ४:१५ बजेको समयमा लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-८, पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे प्र ३-०१०२२ च १३६९ डब्बल क्याप स्कारपियाेले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिएर साइकलमा सवार प्यूठान जिल्ला झिमरूक गाउँपालिका-८, गोब्दि घर भई हाल दाङ जिल्ला राप्ती गाउँपालिका-८ पिपरी बस्ने सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत ३५ वर्षिय राधा बस्नेत र उहाँकाे बहिनी २० वर्षिय बिपना केसीकाे मृत्युु भएकाे थियो।