राम बहादुर बिश्वकर्मा
प्युठान, प्युठान नगरपालिका वडा नम्बर ७ टिकुरी बसपार्क स्थित झिमरुक नदि किनारमा प्रथम भित्रिकोट महोत्सव सुरु भएको छ ।
प्यूठान उद्योग वाणिज्य सङ्घ,प्यूठान नगर इलाकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवको उद्घाटन संघिय सांसद सूर्य बहादुर थापाले गर्नुभएको हो।
महोत्सवको उद्घाटन अघि विभिन्न साँस्कृतिक समुहको झाँकीको महोत्सवको रौनकताले सकारात्मक सञ्चार गराएको थियो । जिल्लाका ९ वटै स्थानिय तहको प्रतिनिधित्व हुने गरी उद्घाटन सत्रमा प्रस्तुत नृत्यले महोत्सवको रौनक बढाएको थियो ।
कृषि,पर्यटन,उद्योग र व्यापार,समृद्ध नगरको बलियो आधार” भन्ने मुल नारा सहित बजार इलाकाले भित्रीकोट प्युठान महोत्सव आयोजना गरेको हो ।महोत्सवको उद्घाटन गर्दै संघीय सांसद थापालेमहोत्सवले मनोरञ्जनको लागि मात्र नभई समाजको दिगो विकासको लागि बाटो खोल्ने महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो।
समग्र कृषि र पर्यटन क्षेत्रकाे बिकासमा नीजि क्षेत्रकाे अहम भूमिका रहने हुँदा यसमा सबैलाई जाेडिन आह्वान गर्दै जिल्लाको समग्र बिकासमा आफू सदैब प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“जिल्लाको बिकासका निमित्त स्थानीय सरकार जिम्मेवार र संवेदनशिल बन्नुपर्दछ । जिल्लाका स्थानीय सरकारले समन्वय गर्ने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु।५ बर्षका लागि जिल्लाबासीले दिनुभएको मत लाई खेर जाने दिने छैन जनताले दिनुभएको मतको सम्मान गर्ने गरि हरेक बिकास निर्माणको सवालमा सदैव प्रतिवद्ध छु।”
जिल्लामा लुम्बिनी प्रदेशकै उत्कृष्ट बहुउद्देश्यीय सुबिधा सम्पन्न शभा हल निर्माण गरिने थापाले प्रतिवद्धता जनाउनुभयो।उहाँले भन्नुभयो,“जग्गा उपलब्ध गराउन तर्फ स्थानीय सरकार तथा निजि क्षेत्र ले ध्यान दिनुहोला। कार्यान्वयन गर भन्ने तर कार्यान्वयन गर्ने बेलामा भने भएन नभन्नुहोला शभा हल निर्माणका लागि जग्गा उपलब्ध गराउने बाताबरण सृजना होस् मेरो विन्ती छ।”
महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य किशोर आचार्य, प्रदेश सभा सांसदहरू तुलसीराम शर्मा र निमा गिरी,लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णध्वज खड्का,स्थानीय तहका प्रमुखहरू लगायतले मन्तव्य राख्नुभएको थियो।
भित्रिकोट प्रथम प्युठान महोत्सव मूल समारोह समितिका अध्यक्ष प्यार अलिखानले महोत्सव अवधिभर प्युठान जिल्ला पुरै महोत्सवमय देखिने बताउँदै स्थानीय उत्पादनको बजारीकरण,अध्ययन अनुसन्धान गर्नेहरुको लागि भित्रीकोट महोत्सव एक महत्वपूर्ण अवसरको रुपमा रहने बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्