बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छ : उपाध्यक्ष राना

बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गाउँपालिकाले काम गरिरहेको छ : उपाध्यक्ष राना

सिता बि.क 
प्युठान,बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि गौमुखी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गर्दै आएको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताउनु भएको छ।
गाउँपालिकाको आयोजनामा बिध्यार्थी सङ्ग न्यायिक समिति अन्तर माध्यमिक बिध्यालय हाजिरी जवाफ प्रतियोगितामा बिजय प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुहुदै उपाध्यक्ष रानाले यस्तो बताउनुभएको हो।
स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको गठन प्रक्रिया,अधिकार क्षेत्र, न्याय निरुपणबारे जानकारी गराउने उद्देश्यले पालिका मार्फत विद्यार्थीसँग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिएको छ। उहाँले भन्नुभयो।
देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसँगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ। सोही अनुसार यसको महत्व,आवश्यकता र औचित्य तथा यसले निरुपण गर्ने विवादका विषयमा विद्यालयस्तरबाटै जानकारी तथा प्रचार गर्ने उद्देश्यले बिध्यार्थी सङ्ग न्याय समिती कार्यक्रम सञ्चालन गरिएको हो।
कानुन सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका माध्यमबाट यसको प्रचार महत्वपूर्ण हुने उहाँको भनाई थियो । 
न्यायिक समितिले विद्यार्थी,ज्येष्ठ नागरिकसँग न्यायिक समित कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको पालिकाले बताएको छ।प्रतियोगितामा प्रथम गौमुखि मा बि,दितिय अर्खा मा बि,तृतीय अमृत जीवन मा.बि,र सान्त्वनामा भृकुटी माबी  रहेको छ।
प्रथम,दितिय,तृतिय र सान्त्वनालाई क्रमश १५ हजार,१० हजार ५ सय हजार ६ हजार र ३ हजार प्रदान गरिएको थियो। 
गौमुखी कार्यालयमा सम्पन्न उक्त प्रतियोगितामा ७ वटा बिध्यालयको सहभागीता रहेको थियो।