पत्रकार महासंघ प्युठानमा निर्वाचित भण्डारी नेतृत्वको ‘टिम’ले गर्‍यो पदभार ग्रहण 

पत्रकार महासंघ प्युठानमा निर्वाचित भण्डारी नेतृत्वको ‘टिम’ले गर्‍यो पदभार ग्रहण 

सीता बि.क
प्युठान,नेपाल पत्रकार महासंघ प्युठानका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन्।अध्यक्षमा निर्वाचित श्रीराम भण्डारी नेतृत्वको महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बिहिवार एक कार्यक्रमका बीच पदभार औपचारिक रूपमा सम्हालेका हुन्।
गत मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी,सुशील पोख्रेल,निवर्तमान अध्यक्ष सञ्जय रिजालले अविर तथा खादा लगाई बधाई ज्ञापन गरेका थिए।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रीराम भण्डारीले महासंघलाई थप सशक्त,सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।उनले भने,“नेपाल पत्रकार महासंघ प्युठानलाई नयाँ उचाइमा पुर्याउन हामी एकजुट भएर काम गर्नेछौं ।पत्रकारिताको मर्यादा र जनताको आवाजलाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ"सोही आधारमा देशभरका शाखा मध्ये प्यूठान शाखालाई उत्कृष्ट शाखा बनाउन प्रयत्नशील हुनेछौं।"
नवनिर्वाचित अध्यक्ष भण्डारीलाई निवर्तमान अध्यक्ष सन्जय रिजालले  शाखाको लालपुर्जा हस्तान्तरण गर्दै महासंघमा स्वागत गरेका थिए।
त्यसैगरी निर्वतमान सचिव प्रकाश वैद्यले माइन्युट,कार्यविधिहरु,निवर्तमान कोषाध्यक्ष प्रज्वल पहाडीले आयव्ययको जानकारी दिँदै सचिव बासुदेव गिरी र कोषाध्यक्ष तुफान अधिकारीलाई कागजात हस्तान्तरण गरेका हुन।