सीता बि.क
प्युठान,सरुमारानिमा लघु उद्यमी बन्न चाहने र आर्थिकरूपमा विपन्न नागरिकहरूका लागि बिहिबार सहभागितात्मक ग्रामीण लेखाजोखा(पि.आर.ए) कार्यक्रम सम्पन्न भएको छ।
सहभागितात्मक ग्रामीण लेखाजोखा(पि.आर.ए) कार्यक्रममा सहभागी हुँदै सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडाबासिहरु
सरुमारानी गाउँ पालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)२०८१-०८२ अन्तर्गत वडा नं.३ हंसपुरमा लघु उद्यम विकासका लागि सामाजिक परिचालन कार्यक्रमको एकदिने सहभागितात्मक ग्रामीण लेखाजोखा (पि.आर.ए)कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै सरुमारानी गाउँपालिका कार्यपालिका सदस्य आशा बि सि ले आत्मनिर्भर बन्नका लागि व्यवसायसंग जोडिनु पर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।
महिला दिदिबहिनीले सदियौं देखि विभिन्न तालिम गर्दै आयौं तर उपलब्धि भने शून्य छ,राज्यले गरेको लगानी खेर गइरहेको छ,अब त्यसरी राज्यको लगानीलाई खेर जान नदिनका लागि हरेक घरमा एक जना व्यवसायीक बन्नु पर्छ”सदस्य बि सि ले भन्नू भयो।
उपभोक्ताको माग एकातिर छ हामीले अर्को तिरका कार्यक्रम गर्यौं भने नतिजा उल्टो आउँछ,पालिकालाई समृद्धिसंग जोड्नका लागि हामीले व्यवसायलाई अंगाल्नै पर्छ,तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गर्न समेत उहाँको आग्रह छ।
यसै बिच उहाँले लघु उद्यम साना,मझौला तथा ठुला उद्योगहरूको जग र प्रगतिको माध्यम भएको बताउँदै उहाँले लघु उद्यम स्थानीय आर्थिक क्रियाकलापको महत्वपूर्ण आधारशिला पनि भएको स्पष्ट पार्नुभयो ।
उद्यम विकास सहजकर्ता सीता बि.क ले कार्यक्रमको उद्देश्य र सञ्चालनबारे प्रस्ट पार्दै आर्थिक विपन्न समुदायलाई आत्मनिर्भर बन्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो।कार्यक्रमका सहभागीले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजनाहरू निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
तस्बिर :सहभागितात्मक ग्रामिण लेखाजोखा(पि.आर.ए) कार्यक्रममा सहजीकरण गर्नुहुदै उद्यम बिकास सहजकर्ता - सीता बि.क
उक्त कार्यक्रममा घरधुरी सर्बेक्षण,समूह गठन गरिने र तत्पस्चात उद्यमशिलता बिकास तालिम सङ्गै सहभागीहरुको रोजाइ र बजारको मागलाई मध्य नजर गर्दै सीप बिकास तालिम दिइने उद्यम विकास सहजकर्ता बि क ले जानकारी दिनुभयो। कार्यक्रममा सरुमारानी गाउँपालिका-३ का पचास जना महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्