सीता बि.क
प्युठान,प्रथम भित्रिकोट महोत्सव २०८१ को तयारी तिब्र रुपमा अघि बढेको छ।यही पौष ५ गतेबाट शुरु हुने सो महोत्सबको तयारी ८० प्रतिशतले सम्पन्न भएको प्युठान उधोग बाणिज्य संघ प्युठान नगर इलाकाका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्यार अलि खानले पैरवी अनलाइन लाई जानकारी दिए ।
प्युठान नगरपालिका ७ टिकुरी बसपार्क स्थित रहेको मैदानमा मंच र स्टल निर्माण कार्य भई रहेको छ उनले भने महोत्सको टिकट छपाई लगायत कामहरु पनि तिब्र रुपमा अघि बढिरहेका छन । महोत्सबमा आबश्यक सबै काम भोलि साझ सम्म सम्पन्न हुन्छ उनले भने महोत्सबको निर्धारित समय सिमा भित्र काम सम्पन्न गर्न मिस्त्री खटेका छन।
महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने अपेक्षा संघको छ।
महोत्सवको अबधिभर जिल्लाका प्रशिद्द पर्यटकीय सम्पदा,पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरूको संरक्षण,प्रवर्धनका लागि तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिने छ।यसैगरी महोत्सवका अवसरमा जिल्ला स्थित लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन प्युठान डान्स आइडल चरण २ मार्फत सहभागी छनोट गर्नका लागि एक टिम धमाधम जिल्लाका सबै स्थानिय तहमा पुगेको छ।
महोत्सव अबधिमा जिल्लाका सबै स्थानिय तहहरुमा उत्पादन गरेका कृषि उपजलाई स्टल सम्म ल्याउन निशुल्क व्यवस्था गर्न आयोजकले अनुरोध समेत गरेको छ।सबै स्थानिय तहको विशेष खालमा कृषिजन्य वस्तुलाई विक्रि गर्नका लागि कृषकलाई नि:शुल्क स्टल उपलब्ध गराइने र जिल्लाका उद्यमि ब्यबसायीले ५० प्रतिशत छुटमा स्टल पाउने व्यवस्था र सर्बसाधारणका लागि ८० रुपैया टिकट शुल्क लाग्ने छ भने विद्यार्थीलाई ५० रुपैया र जेष्ठ नागरिक,असाय,अशक्तहरुको लागि निशुल्क रुपमा महोत्सव प्रवेश गर पाउने व्यवस्था मिलाएको आयोजकले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्