समाज विकासका अनुकरणिय उदाहरण - अर्जुनकुमार कक्षपति 

नयाँ बर्षको अबसरमा उत्कृष्ट बिध्यार्थिलाई पुरस्कृत,अग्रजलाई सम्मान

समाज विकासका अनुकरणिय उदाहरण - अर्जुनकुमार कक्षपति 

राम बहादुर बिश्वकर्मा
प्युठान,कहिले भेटघाट कार्यक्रम त कैले दिनदुखीको सेवा।कैले वाल सचेतना त कहिले समाजमा बिकृती र कुरुती बिरुद्ध अभियान।यी र यस्तै सामाजिक काममा अहोरात्र खटिनुहुन्छ उहाँ ।
उहाँ हुनुहुन्छ प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कुमार कक्षपति अहोरात्र दुःखीहरूकै सेवाको योजनामा घोत्लिरहनुहुन्छ उहाँ।
प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री  निवासी कक्षपति सामाजिक कार्यमा निकै सक्रिय हुनुहुन्छ ।

बिगतदेखि नै सामाजिक कार्यमा सक्रिय भई विभिन्न रचनात्मक,चेतनामूलक अभियानहरु आफ्नै नेतृत्व समाल्दै उहाँले समाजसेवा गरिरहनुभएको छ ।
समाजमा भएका कुरिती बिकृती समस्याहरुको निराकरण तथा न्यूनिकरणका गर्न खोज्ने र गरिब दुखी लाई सहयोग गर्न लागि पर्ने कक्षपति निस्वार्थ रुपले सेवा मुलक रुपमा सक्रिय हुनुहुन्छ ।

 


जिल्लाको हरेक क्षेत्रमा सकारात्मक दृष्टिकोणले सहयोग देखि साना साना बालबालिकाहरुलाई शैक्षिक सामाग्री,चेतना जगाउन लगायतका सहयोगमा आफू लाई अब्बल राख्न सफल कक्षपतिले संजोग ट्रेडर्स नामक फर्म समेत सन्चालन गर्नुभएको छ उहाँले गतबर्ष देखि नयाँ बर्षको पहिलो दिन गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम सङ्गै पछिल्लो समय पठन संस्कृति हराउँदै गएको भन्दै उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएको सस्कृतिलाई जोगाउने उद्देश्यले नयाँ बर्षको पहिलो दिन सबै सरोकारवाला बिच छलफल गर्ने कार्यक्रम लाई यसबर्ष पनि निरन्तरता दिनुभएको छ।

 

 

सन्जोग ट्रेडर्स जुम्री प्युठानद्वारा आयोजित नब बर्श २०८१ को अवसरमा आयोजित शुभकामना आदानप्रदान,सम्मान कार्यक्रम पुस्तक प्रदर्शनीको आयोजना गरिएको गरिएको छ। 
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी डाक्टर लेखराज सुबेदिले उद्घाटन गर्दै यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा,साहित्य,कला र संस्कृतिको वृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता बौद्धिक सम्पत्ति प्रकाशनमा जोड दिँदै शैक्षिक स्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि ठूलो सहयोग पुग्ने बताउनुभयो । 
पठन संस्कृतिको विकास तथा सम्बर्द्धन र उपयोगी पुस्तकको बिक्री वितरण बृद्धबृधा,साहित्यिक श्रष्ठालाई सम्मान गर्ने उद्देश्यले प्रत्येक बर्षको बैशाख १ गते यस्ता कार्यक्रम आयोजना गर्दै आएको सन्जोग ट्रेडर्सका संचालक अर्जुनकुमार कुमार कक्षपतिले  बताउनु भयो ।पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनुभयो । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।
ज्ञानको प्रसारण,ज्ञानको उत्पादन र ज्ञानको विनिर्माणमा अहोरात्र डट्न सक्ने विद्यार्थीहरुको विकासको आधार भनेकै पठन संस्कृतिको विकास हुनुपर्ने भन्दै विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताउनुहुन्छ।
आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार विर्सदै गएको कक्षपतिको भनाई छ । प्युठान नगरपालिकाका सस्थापक नगर प्रमुख समेत रहेका कक्षपतिले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उहाँले सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।यसैबीच पठन संस्कृतिले प्रत्येक व्यक्तिको सोच्ने शक्तिलाई फराकिलो बनाउँने भएकाले यसै बीच बिगतमा जस्तै प्यूठानको साहित्य तथा लेखनका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदैआएका अग्रज ब्यक्तित्वद्धय कमल पोखरेल र देवेन्द्र रिजालका साथै जेष्ठ नागरिक गंगादेवी भण्डारी र फन प्रसाद भण्डारीलाई प्रमाणपत्र पत्र र दोसल्ला ओडाई सम्मान गरिएको छ। यसैगरी शैक्षिक सत्र २०८० मा प्यूठान नगरपालिकामा रहेका शिक्षण संस्थाबाट कक्षा ८ को नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरु नेरामावि टारीका बिराट पाण्डे र अनुज पाण्डेलाई शैक्षिक सामगी र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको अवसरमा अर्जुन कक्षपतिले नेरामावि टारीको भवन निर्माणका लागि रु १० हजार बरावरको सहयोग रकम हस्तान्तरण पनि गरिएको छ।
प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री स्थित पुस्तकालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यिक स्रस्टाहरु,समाजसेवी भद्र ब्यक्त्विहरुको उपस्थिती रहेको कार्यक्रमको सन्चालन समाजसेवी पशुपतीलाल श्रेष्ठले गर्नुभएको थियो।