प्यूठानमा काेराेना स‌ंक्रमणबाट ४२ वर्षीय पुरुषको मृत्यु

राम बहादुर बिश्वकर्मा
प्युठान,कोरोना भाइरस संक्रमणका कारण प्यूठानमा थप एक जनाको मृत्यु भएको छ । सरुमारानी गाँउपालिका–१ बाङ्गेशालका ४२ वर्षीय पुरुषको मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

उहा १५ दिन अगाडी भारतको पन्जाबबाटआई घरमै बस्नुभएको थियो। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका ती पुरुषको सोमबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा कोरोना पुष्टि भएको थियो। उहाँलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि लगिएको थियो। त्यहाबाट पनि उहालाई रिफर गरिएको थियो। तर अवस्था बिग्रिसकेको र अत्यत्र पनि बेड नभएका कारण फर्काईएका ती पुरुषको होमआईसोलेशनमै ज्यान गएको हो।

यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।