जुम्रीकाडामा सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न

जुम्रीकाडामा सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न

सीता बि.क
प्युठान,गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा १ दिने सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्युठान नगरपालिका कार्यपालिका सदस्य लाली घर्तीले आफु भित्रको इच्छाशक्ति जगाएर उद्यमी वन्न अघि सर्नका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागिद्वारा सामाजिक नक्सा र स्रोत नक्सा तयार गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत रहने गरी  वडामा ३० जनालाई नयाँ उद्यमि सृजना गरिने छ। 
कार्यक्रममा प्युठान नगरपालिका -५ जुम्रीकाडाका ४५ जनाहरुको सहभागिता रहेको थियाे ।

तस्बिर : सहभागितात्मक ग्रामिण लेखाजोखा (PRA) मा सहभागी हुँदै प्युठान नगरपालिका वडा नम्बर ५  जुम्रीकाडाका महिलाहरु 


लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ बमोजिम लघु उद्यमी सृजनाका लागि यो वर्ष वडा नम्बर ५ जुम्रीकाडामा कार्यक्रम सञ्चालन हुने भएको हो।