राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नं ४ जाल्पाटोल निवासी लोकमणी भण्डारीले जिल्ला सहकारी संघ भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गरेका छन् ।
संघका अध्यक्ष सुशील पोख्रेल नेतृत्वको पहलमा स्व पिता हरि र आमा कालिका भण्डारीको स्मृतिमा जिल्ला सहकारी संघ लि प्युठानको भवन निर्माणका लागि करिब २ आना बराबरको जग्गा जग्गा उपलब्ध गराएका हुन।
भण्डारीले प्युठान नगरपालिका वडा नम्बर ७ बिजुवारमा रहेकोकरिब ४ लाख मूल्य बराबरको जग्गा पास गरे लगत्तै मालपोत कार्यालयमै संघका अध्यक्ष पोख्रेललाई लालपुर्जा हस्तान्तरण गरेका हुन्।
प्युठान नगरपालिका -४ निबासी लोकमणि भण्डारीले स्व पिता हरि र आमा कालिका भण्डारीको स्मृतिमा जिल्ला सहकारी संघ लि प्युठानको भवन निर्माणका लागि संघ सहितको टिमलाई लालपुर्जा हस्तान्तरण गर्दै
जग्गादाताले शुक्रबार करिब ४ लाख रुपैयाँ मूल्य पर्ने २ आना जग्गा जिल्ला मालपोतको कार्यालयबाट जिल्ला सहकारी संघको नाममा पास गरिदिएकोमा संघका अध्यक्ष सुशील पोख्रेलले सामाजिक सन्जाल मार्फत कृतज्ञता व्यक्त गरेका छन। अध्यक्ष पोख्रेलका अनुसार जग्गा निःशुल्क प्राप्त भएसँगै भवन निर्माणका लागि आधार तय भएको छ।
लामो समयदेखि मुक्ति माध्यामिक बिध्यालय रातामाटामा कार्यरत लोकमणि भण्डारी पछिल्लो समयमा समाज सेवामा उत्तिकै सक्रिय छन्।
जिल्ला सहकारी संघको भवन समग्र जिल्लाबासिको पायक पर्ने स्थानमा रहेमा
संघ मार्फत सेवा लिन सहज होस् भन्ने उदेश्य सहित बुवा आमाको स्मृतिमा निशुल्क जग्गा उपलब्ध गराएको भण्डारीले जानकारी दिए।
प्रतिक्रिया राख्नुहोस्