प्युठानमा शाइन रेसुङ्गा बैंकले सुरु गर्यो एटिएम सेवा

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लाभर बैंक मार्फत ग्राहकको हितमा मात्रै नभई समग्र आर्थिक उन्नतिका निम्ति सकृय रहनुभएका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रबन्धक मेघराज पोख्रेले एक कार्यक्रम सहित एटीएम सेवाको सुभारम्भ गराउनु भएको छ ।
आइतबार देखि बैंकको बिजुवार शाखा कार्यालय बाट एटिएम सेवा संचालनमा आएको प्रबन्धक पोख्रेलले जानकारी दिनुभयो।
उक्त अवसरमा प्रबन्धक पोख्रेलले बैंकले पछिल्लो समय आधुनिक बन्ने क्रम तिब्र भएको बताउनुभयो । साथै बैंकले समय सापेक्ष परिवर्तन हुदै अगाडि बढ्नुपर्ने र वित्तीय कारोवार गर्ने बैंकको लागि डिजिटल सेवा अन्तर्गत एटिएम सेवा अपरिहार्य रहेको उहाँले बताउनुभयो ।यस बैकले प्यूठानमा बिजुवार सहित ६ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
रुपन्देही स्थित बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना ८४ वटा शाखा र १ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा दिंदै आएको छ । बैंकले १६ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।