गौमुखि ७ लाई जिल्लाकै पहिलो पूर्ण संंस्थागत सुत्केरी वडा घोषणा 

गौमुखि ७ लाई जिल्लाकै पहिलो पूर्ण संंस्थागत सुत्केरी वडा घोषणा 

राम बहादुर बिश्वकर्मा
प्यूठान,गौमुखी गाउँपालिका-७ नारिकोटमा यस वर्ष ६९ जना सुत्केरी भए । सुत्केरी भएका सवै जना स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका हुन् ।
प्युठानको गौमुखी गाउँपालिकाका वडा नम्बर ७ नारिकोट  मा घरमा हुने सुत्केरी शुन्य सुत्केरी तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषित गरिएको छ । शुक्रवार वडा नं ७ लाई शुक्रवार पूर्ण संस्थागत सुत्केरी घोषणा जिल्लामाकै पहिलो भएको हो।
वडाभरीका गर्भवती महिलाहरुले गएको एक बर्ष यता स्वास्थ्य संस्थामै आएर सुरक्षित रुपमा बच्चा जन्माएकाले वडालाई घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गरिएको हो ।
पुर्ण सस्थागत सुत्केरी अभियानलाई निश्चित मापदण्ड पूरा भएका वडाहरुमा चरणबद्ध रुपमा लगीने गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाए बताए ।
घरमै सुत्केरी हुने प्रचलनलाई शुन्यतामा झारी स्वास्थ्य सस्थामै सुत्केरी हुन तर्फ संदेश प्रवाह गर्दै गाउँपालिकालाई नै पुर्ण सस्थागत सुत्केरी पालिका रुपमा घोषणा गर्ने लक्ष्य अनुरुप आफुहरु अघि बढेको उपाध्यक्ष रानाको भनाई छ।उपाध्यक्ष रानाले कार्यक्रममा बोल्दै मातृ शिशु मृत्युदर न्यूनीकरणका लागि यसले सकारात्मक संदेश प्रवाह गर्ने बिश्वास ब्यक्त गरे ।
मातृमृत्युदर र नवजात शिशुमृत्युदर घटाउने उद्देश्यले गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी अभियानलाई जारी राखेको गौमुखी गाउँपालिकाका उपाध्यक्ष रानाको भनाई छ ।
गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गरेको,टीटी खोप लगाएको,नियमित आइरन चक्की खाएको लगायतका पूर्ण संस्थागत सुत्केरीका मापदण्ड पूरा समेत वडाले पुरा गरेको छ ।
घाेषणा कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तारा जिसी, जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायत अतिथीकाे उपस्थिती थियाे ।