वर्षातमा हिलाम्मे र हिंउदमा धुलाम्मे सडक,यस्तै छ प्युठानमा सडकको दुरदशा.....

वर्षातमा हिलाम्मे र हिंउदमा धुलाम्मे सडक,यस्तै छ प्युठानमा सडकको दुरदशा.....

राम बहादुर बिश्वकर्मा
प्युठान,वर्षायाममा यि सडक हिलाम्मे र हिंउदमा धुलाम्मे हुनु त कुनै नौलो कुरा होईन ।हिंउदमा कुईरीमण्डल धुलो उडेर मान्छे चिन्नै नसक्ने हुन्छ भने वर्षातमा पानी पर्दा ढलको सहि व्यवस्थापन नहूंदा बाढि आए सरह हुन्छ प्युठानका यि सडकमा ।सदरमुकामदेखि जिल्लाका विभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग छ । त्यस्तै प्युठान नगरपालिका ९ मरन्ठाना क्षेत्रमा पर्ने कच्ची सडक, त्यसमाथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु समृद्ध नगर,स्वच्छ र सुन्दर होस भन्ने सवैको चाहना छ । यि कुरा केवल नारामा मात्रै सिमित भईरहेका छन् । तर त्यही सुन्दर नाराको सुन्दरतामा नगरको पहिचान अहिले धुवां धुलो, विग्रेको खाल्डाखुल्डी सडकको नामले परिचित छ ।सडकमा पैदल यात्रीलाई प्राथमिकतामा राखिनेछ,भित्री सडक पैदलयात्रीमैत्री बनाइनेछ, सडकको चौडाइ अनुसार प्रत्येक बाटोमा फुटपाथलाई प्राथमिकता दिइनेछ, यत्रतत्र राखिने निर्माण सामाग्री  लाई ब्यबस्थापन गरिनेछ भन्ने कुराहरु कथा जस्तै लाग्न थालिसके ।
समग्रमा सडक सुधारको सामान्य योजना बनाएमात्रै पनि सडक निर्माणको काम समयमा सम्पन्न गर्न त्यति कठिन नहुने स्थानीय बताउँछन्।