बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ 

७ सदस्यीय अनुसन्धान टोली गठन

बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ 

धनुषा ।  महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ। महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक  अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो।