राम बहादुर बिश्वकर्मा
प्युठान,ग्रामीण आर्थिक बिकास मंच प्युठानको अध्यक्षमा पुन: निर्मला पोख्रेल अध्यक्षमा चयन हुनुभएको छ। मंचको १६ औं साधारणस तथा सातौं अधिबेशन बाट उहाँ पुन: अध्यक्षमा निर्विरोध चयन भएका हो। यसैगरी मंचको उपाध्यक्षमा बसन्त के एम,सचिवमा सरद पोख्रेल,कोषाध्यक्षमा कल्पना खड्का चयन हुनुभएको छ।सदस्यहरुमा शारदा बिश्वकर्मा,सुजल श्रेष्ठ,इन्द्रमणी पोख्रेल(निबर्तमान अध्यक्ष) सदस्य रहनुभएको छ।
यसैगरी मंचको सल्लाहकारमा बिजय कुमार श्रेष्ठ,बिजय जि सि,रन्जना श्रेष्ठ चयन गरिएको छ।मन्चका अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षता एबम गैरसरकारी महा संघ प्युठानका अध्यक्ष बिजय कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सन्चालन सरद पोख्रेलले गर्नुभएको थियो।निर्वाचित अध्यक्ष निर्मला पोख्रेलले बिगत देखि नै मञ्च मार्फत सामाजिक कार्यमा शासकीय संरचनाको एउटा महत्वपूर्ण साझेदार सस्थाको रुपमा कार्य गर्दै आएको र थप आफ्नो कार्यकालमा सामाजिक पूँजी र ऊर्जाको संवाहकको रूपमा दृढताका साथ सामाज रूपान्तरणको अभियानमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
नाफारहित,स्वयंसेवी भावना,स्वतन्त्र समाजका विभिन्न सरोकारहरूमा एकल र साझेदार संस्थाको रूपमा काम गर्ने उद्देश्यले २०६० सालदेखि जिल्लामा स्थापना गरिएको उक्त सस्थाले राज्यको विशेष पहुँच पुग्न नसकेको वा सरकारी संरचनाको कार्य मात्रले अपुग भएका क्षेत्र,वर्ग,समूह र मुद्दाहरूको हित प्रबर्द्धनका कार्य गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्