पैरवी अनलाइनकि कार्यकारी सम्पादक बि.क लाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कार

पैरवी अनलाइनकि कार्यकारी सम्पादक बि.क लाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कार

प्युठान,पैरवी अनलाइनका कार्यकारी सम्पादक सिता बि.क लाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कार बाट पुरस्कृत गरिएको छ।
लामो समयदेखि ग्रामिणमुखि पत्रकारिता प्रवर्धन गर्नुका साथै नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण एवम् महिला सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा निरन्तर कलम चलाउँदै आएकोले  बि क लाई महिला ससक्तिकरण पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासघ प्युठानले जनाएको छ ।
बुधबार नेपाल पत्रकार महासघ प्युठान शाखाको १५ औं बार्षिक साधारणसभा तथा ८ औं अधिबेशनको अवसरमा जुम्रीमा सो पुरस्कार प्रदान गरिएको हो।

तस्बिर : शाखाको १५ औं साधारणसभा तथा आठौं अधिबेशनमा प्रमाणपत्र प्रदान गर्दै  पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोख्रेल 


प्युठानको पत्रकारिता क्षेत्रमा समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिएकि शाखा उपाध्यक्ष स्व.बसन्ता भट्टको योगदानलाई चिरस्मरणीय बनाउन र उनको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो।प्युठान जिल्लालाई कार्यक्षेत्र बनाएर विगत वर्षदेखि पत्रकारिता गर्दै आएकि बि क लाई नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोख्रेलले उक्त पुरस्कार प्रदान गरेका हुन। २०७१ सालमा हाम्रो एकता राष्ट्रिय साप्ताहिक पत्रिकाबाट उनी पत्रकारिताप्रति आकर्षित भएकि थिइन।उक्त पत्रीका बितरकको जिम्मेवारी लिदै स्वर्गद्वारी सन्देश राष्ट्रिय माषिक पत्रिकाको ब्यबस्थापकको रुपमा २०७२ सालदेखी  पत्रकारिता पेशामा प्रवेश गरेकि थिइन।त्यसपछि उनले स्वर्गद्वारी सन्देश राष्ट्रिय माषिक पत्रिकाको कार्यकारी सम्पादक भएर लामो समयसम्म काम गरेपछि हाल पैरवी अनलाइनको कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्दै आएकि छिन्।
प्युठान नगरपालिका वडा नम्बर–९ मरन्ठाना स्थायी घर भई हाल प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री निवासी बि क महिला पत्रकारहरूको साझा संस्था सञ्चारिका समूह जिल्ला समिति प्युठानको सदस्य समेत हुन।