राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रहरी कार्यालय प्युठानले सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्य संग सकारात्मक सोच तथा तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लामा बर्सेनि तनावका कारण आत्महत्याका घटना हुने र घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले जिल्लामा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत सकारात्मक सोचका अभियान कर्ता कर्ण शाक्य बाट जिल्लामा प्रशिक्षण कार्यक्रम गरिएको डिएसपी इश्वर बहादुर थापाले बताए।
तस्बिर: प्रहरी नायब उपरीक्षक इश्वर थापा
नेपाल पत्रकार महासघ प्युठानको समन्वयमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा भएको कार्यक्रममा बुध्दिजीबी,समाजसेवी,पत्रकार,बिभिन्न संघसंस्थाका प्रतिनिधी उप प्राध्यापकहरूको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कर्ण शाक्यले जनचेतनामा अब्बल राष्ट्र सेवक प्रहरी प्रमुख इश्वर थापालाई प्युठान जिल्लाले पाउनु ठूलो शौभाग्य भएको परिचार्चा गर्दै सकारात्मक सोचका प्रसिद्ध उत्प्रेरक,लेखक तथा संरक्षणविद शाक्यले देशमा अहिले सकारात्मक सोचको अभाव भएकोले देश र देशवासीको विकास हुन नसकेको बताए।
समस्याहरूलाई समस्या वा नकारात्मक पक्षको रूपमा नलिई त्यसलाई सुवर्ण मौकाको रूपमा लिन सकेमा सकारात्मक सोचको स्वतःविकास हुने उनको धारणा थियो।उनले आफूले सञ्चालन गरेको सकारात्मक सोच अभियानको मुख्य लक्ष्य महिला र युवामा केन्द्रित गर्दै आएको बताउँदै उनीहरूमा सकारात्मक सोच स्थापित गर्न सकेमा समाज र देश नै बदलिन सक्ने बताए।
एउटा महिलामा सकारात्मक सोच विकास भयो भने उनले परिवार र समाजलाई नै बदल्न सक्ने र युवाहरु भनेको देशको आस,ऊर्जा,विश्वास र मूल शक्ति भएको हुँदा युवाहरुमा सकारात्मक सोचको विकास गर्न सकेमा देश नै परिवर्तन हुन सक्ने बताए।
सकारत्मक सोचले मात्र मनको आँखा खोल्न सक्छ उक्त सोचले आफ्नो निजी जीबन,समुदाय तथा राष्ट्रलाई फाइदा पुग्ने भएकोले प्युठान जिल्लामा सकारात्मक सोच समूह बनाउन पनि आग्रह गरेका थिए।
तस्बिर: नेपाली संस्कृति र कलाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका सामाजिक अभियनता कर्ण शाक्य
कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै डिएसपी इश्वर थापाले प्रहरीले काम खोज्दै हिँडने हो नागरिक सुरक्षा तथा चेतना अभिबृधिको सवालमा ‘प्रहरी सुतेर बसेर हुदैन,सुरक्षा पाटोसँग सम्बन्धित केहि न केहि गतिबिधि संलग्न हुन पर्छ’उनले भने,‘सरुवा गर्देलान भन्ने त्रासमा होईन,ईमान्दारिताको साथ काम गरे प्रहरी सधै अब्बल हुन्छ ।’ईमान्दारितका साथ कर्तव्य निष्ठ भए मात्र आम मानिसको भावनामा समेत प्रहरीको कदर हुने उनले बताए।
त्यस्तै कर्ण सकारात्मक कोषका सल्लाहकार जोस बहादुर निरौलाले सकारात्मक सोचले ब्यक्ति,समुदाय तथा राष्ट्रको बिकासमा महत्वपुर्ण योगदान पुग्ने बताएका थिए ।
तनावको स्रोत पहिचान गर्ने,तनावका स्रोत बाह्य मात्र नभइ मानिस स्वयम् पनि हुन सक्छ। उनले भने" मानिसले आफ्नो आत्म मूल्यांकन गर्दै तनावका संकेतहरु पहिचान गर्नुपर्दछ।"
तनाव व्यवस्थापनका लागि आत्म ज्ञान महत्वपूर्ण रहने उनको भनाई थियो।
दाङ जिल्ला संयोजक शुन्दर गौतमले प्रमुख अतिथि कर्ण शाक्यले नेपाली समाजमा गरेकेा योगदानसंगै उनको परिचय दिएका थिए।कार्यक्रममा गौतको मन्तब्यमा’ कर्ण शाक्यको सोच पुस्तकबाट आफु निकै प्रभावित भएको बताएका थिए।
कार्यक्रममका अध्यक्ष तथा नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिंदै आफु सकारात्मक सोच कार्यक्रमबाट निकै प्रभावित भई आजै देखी सबैले सकारात्मक सोच लिएर अगाडी बढौं भनेर अनुरोध गरेका थिए।
कार्यक्रमको संचालन नेपाल पत्रकार महासघका सचिव प्रकाश बैद्दले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्