प्युठानमा थप ५ जनामा कोरोना पुष्टि

प्युठान। जिल्लामा बुधबार थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाव परीक्षणमा प्युठान नगरपालिकाका ५ जनामा कोरोना देेेखिएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए। संक्रमित मध्ये २ महिला र ३ जना पुरुष छन। उनिहरु २३ बर्ष देखी ४८ उमेर समुहका रहेको श्रेस्ठको भनाई छ।संक्रमित मध्ये ४ जना क्वारेन्टाईनमा रहेका र १ जना समुदाय परिक्षणका क्रममा फेला परेको हो। सन्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३४२ पुगेको छ। भने निको भएर घर फर्कनेको सङ्ख्या ३ सय ३४ रहेको छ । अझ ३ सय ६२ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।