जन्मदिनको अवसरमा युवा ब्यबसायी अर्जुनले गरे एकल महिलालाई न्यानो कपडा सहयोग

जन्मदिनको अवसरमा युवा ब्यबसायी अर्जुनले गरे एकल महिलालाई न्यानो कपडा सहयोग

सीता बि.क
प्युठान,अहिलेको २१ औं सतब्दीमा जन्मदिन मनाउने को परिपाटी केक काट्ने,साथीभाईको रमाइलो मद्यपानमा रमाउने गरेको पाइन्छ।उक्त रीति लाई चिर्दै वर्ष को १ दिन भएपनि दिन दुखी हरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै प्युठान नगरपालिका वडा नम्बर ४ निवासी अर्जुन सिह बि.क ले आफ्नो जन्मदिनको अवसरमा एकल महिलालाई न्यानो कपडा सहयोग गरेका छन्।प्युठान नगरपालिका वडा नम्बर ४ स्थित थापाडाडा निवासी कृष्णमाया खड्काको घरमै पुगेर आफ्नो जन्मदिन मनाउँदै उनले चिसो मौसममा ओढ्ने ओछ्याउने न्यानो कपडा सहयोग गरेका हुन। उनी युवा ब्यबसायी तथा लायन्स क्लब अफ प्युठानका  सदस्य समेत हुन।
चिसो मौसम बढ्दै गरेको अवस्थामा न्यानो कपडा पाएकि बेसाहरा कृष्णमाया हर्सित देखिन्थिन।उक्त कार्यक्रममा लायन्स कलब अफ प्युठानका रिपब्लिक अफिसर कमल श्रेष्ठले जन्मदिनको शुभकामना सँगसँगै पछिल्लो समय तडक भडक सहित होटल,रेष्टुरेन्टहरुमा साथीभाई भेला गरि खान पान गरि जन्मदिन मनाउने परिपाटी बिकाश भईरहेको अवस्थामा लायन्स कल्व अफ प्युठानमा आवद्ध युवा ब्यबसायीले समाजसेवा गर्दै असक्तलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाउनु अत्यन्तै सर्हानीय कार्य भएको बताए।आफ्नो ब्यबसाय सङ्गै समाजसेवामा रुचि राख्ने र बिभिन्न सामाजिक काममा समेत अग्रणी भुमिकामा देखिने बि क ले जन्मदिनलाई बिशेष बनाउने उद्देश्यले फजुल खर्च गर्नुभन्दा एकल महिलालाई सहयोग गरेर जन्मदिन मनाउन पाएकोमा खुशी व्यक्त गरेका थिए।
बिसुद्द सामाजिक सेवा गर्ने सस्था लायन्स क्लब अफ प्युठानको आयोजनामा भएको उक्त कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रेशम कार्की,प्युठान नगरपालिका सस्थापक नगरप्रमुख तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ N का रिजन चियर पर्सन अर्जुनकुमार कक्षपति, मलायन्स क्लब अफ प्युठानका अध्यक्ष झबिन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो।