प्युठानको बड्डाडामा गाडि दुर्घटना : दुर्घटनामा १० जना घाइते

प्युठानको बड्डाडामा गाडि दुर्घटना : दुर्घटनामा १० जना घाइते

प्युठान,प्युठानको सरुमारानी गाउँपालिका बड्डाडा नजिक विङ्गर गाडी दुर्घटना भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका-४ बड्डाडामा बाग्दुलाबाट भालुवाङ तर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी दुर्घटनामा परी १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी, प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो।सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइतेलाई स्थानीय प्रहरी लगएतको सहयोगमा उद्घार गरि उपचारको लागि एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी निरिक्षक खनालले जानकारी दिनुभयो । दुर्घटना बारे थप विवरण आउन बाँकी छ।