राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला कारागार प्युठानलाई पुस्तक हस्तान्तरण गरिएको छ।
थाउजेन युथ ग्रुप र देशभक्त युवा सस्था नेपाल काठमाडौ द्वारा उपलब्ध गराइएको विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक सामाजिक अभियानता सुजाता जि सि,प्रहरी नायब उपरीक्षक इश्वर थापा र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सामूहिक रुपमा कारागारका प्रमुख सुर्य पन्त लाई सोमबार हस्तान्तरण गर्नुभएको हो।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले युवा पुस्ताले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहको बताउनुभयो।कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान,चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबर्द्धक बनाउन सफलता मिल्ने उहाँले बताउनुभयो।
प्रजिअ अर्यालले सही रुपमा सदुपयोग गरी कैदिहरुको जिवन परिवर्तन गर्ने,ज्ञान क्षमता विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
अध्ययनले नै जीवनशैलीमा ठूलो उपलब्धि र परिवर्तन ल्याउने हुदा पुस्तक अध्ययन गरेर सुधारिने मौका मिलोस् भन्ने अभिप्रायले कारागारमा पुस्तक हस्तान्तरण गरिएको अभियानता सुजाता जि सि ले बताउनुभयो।
कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण पश्चात उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्नुका साथै मानसिक स्वास्थ्यका लागि पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।जिल्ला कारागारमा महिला ७ र पुरुष ८५ गरि जम्मा ९२ कदैबन्दी रहेको कारागार प्रशासनले जनाएको छ।
पुस्तक हस्तान्तरण कार्यक्रमको समन्वय तथा सहजीकरण पत्रकार लोकेन्द्र सुनारले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्