दाङ । नोबेल कोरोना भाइसर (कोभिड–१९) को सङ्क्रमण फैलने भन्दै सरकारले अत्याश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेसंगै दाङको जनजीवन सुनसान बनेको छ ।जिल्लाको घोराही,तुलसीपुर लमही,भालुवाङका सबै बजार बन्द रहेका छन् । भने सर्वसाधारणको आवतजावत पनि ठप्प रहेको छ ।जिल्लामा अहिले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, सञ्चार माध्यमका अतिआवश्यक सेवाका गाडी भने संचालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रिजालले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गर्नु भएको छ । सरकारको आदेश अवहेलना गर्ने जुनकुनै व्यक्तिलाई कारवाही गरिने उहाँले जानकारी दिनुुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय दाङले सरकारको आदेश अबहेलना गरी संचालनमा आएका ३० वटा यातायातका साधनलाई नियन्त्रणमा लिएको छ । घोराही –लमही ,तुलसीपुरका विभिन्न स्थानबाट सवारी साधन नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षिक सुमित खड्ककाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्