स्थानीय उत्पादनको बजारीकरण गर्न गौमुखी गाउँपालिकाको खुङ्गमा सुरु भयो कृषि "हार्ट बजार"

स्थानीय उत्पादनको बजारीकरण गर्न गौमुखी गाउँपालिकाको खुङ्गमा सुरु भयो कृषि "हार्ट बजार"
 
राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरुको बजारीकरण गर्नका लागी प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङमा स्थानीयले हाट बजार लगाउन थालेका छन्।
उत्पादकलाई सिँधै उपभोक्तासँग जोड्नका लागि कृषि हाट बजार सञ्चालनमा ल्याइएको गौमुखी गाउँपालिकाका वडा नम्बर ५ ले जनाएको छ।
गाउँपालिकाले कृषि बजार सञ्चालनमा ल्याएसँगै किसानहरूमा खुसी छाएको छ।पहिला उत्पादित कृषि वस्तुले बजार पाउँदैन थिए।
हाटबजारमा सहभागी एक किसानले भने,‘पहिला हामीले उत्पादन गरेको वस्तु बिक्री नै हुँदैन थियो । यस्ता वस्तुहरूले बजारको समस्या झेल्दै आएका थियौँ। स्थानीय उत्पादन प्रचार र बजार नपाएका स्थानीय उत्पादनको प्रचारका साथै बजारीकरणमा कृषि बजारले ठुलो सहयोग पुर्याउने छ।’उक्त हाट बजारमा किसानहरूले आफूले उत्पादन गरेका सबै कृषि उपज बिक्री गर्न सक्ने छन् । 
गाउँमै हाट बजार सञ्चालनमा आएसँगै थोरै थोरै भए पनि अब कृषि वस्तु उत्पादन गर्न तर्फ लाग्ने किसानहरू बताउँछन् । 
उत्पादन गरेका फलफूल,तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म लिएर बिक्री गर्दा किसान पनि निकै खुसी छन्।त्यहीका एक किसानले भने,‘मलाई अझै  सम्झना आउँछ,जान्ने भएदेखि अस्तिसम्म आँगनमै फलेका तरकारी,फलफूल र अन्न बारीमै कुहिएर खेर आएको र दुःख गरेको वस्तुले बजार नपाउँदा भएको पिडा।अव नजिकै हाट बजार खुलेपछि उत्पादित वस्तु बजारमा बिक्री गर्न सजिलो हुनेछ। 
 
दुर्गम स्थानहरूको सानो क्षेत्रमा उत्पादन हुने निकै सानो परिमाणका रैथाने बालीहरू र तरकारी थोरै कृषि उपज बजारसम्म पुर्‍याएर ग्रामीण स्वरोजगार वृद्धि र ग्रामीण अर्थतन्त्र बलियो बनाउन उद्देश्यले कृषी हार्ट बजार सन्चालनमा ल्याइएको गौमुखी गाउँपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष बरुणध्वज मल्लले बताए। 
 
हाट बजारले स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरु र कृषि जन्य पदार्थहरु बिक्रि वितरणमा सहज हुने र प्रचार प्रसारमा टेवा पुग्ने वडा  अध्यक्ष मल्लको भनाई रहेको छ।
बजारमा सहभागी उपभाेक्ताहरूकाे प्रतिकृया अनुसार बजारमा कृषि जन्य बस्तुहरू सस्ताे मुल्यमा पाएको बताएका छन। बजारले उत्पादन गर्ने कृषक र किनेर खाने र उपभाेक्ता दुबैलाइ फाइदा भएकाे बताएका छन।अब प्रत्येक साताको शनिबार हाट बजार लाग्नेछ।