राम बहादुर बिश्वकर्मा
प्युठान,हरेक बर्ष माघे सक्रान्तिको अबसरमा बाइसधारा बुलबुले मुलमा लाग्ने माघी मेला सम्पन्न भएको छ।प्युठान नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा भण्डारी कुलपुजा समिति आयोजनामा माघेसक्रान्तीको अबसरमा मेला आइतबार सम्पन्न भएको हो।
धार्मिक तथा पर्यटकीय क्षेत्र बाइसधारा बुलबुले मुलमा माघे सङ्क्रान्तिको अवसरमा आइतबार बिहानैदेखि श्रद्धालुहरुको घुइँचो बढेको थियो । प्युठान नगरपालिका ९ मरन्ठाना क्षेत्रको उक्त स्थानमा माघे सङ्क्रान्तिको दिन स्नान र पूजाआजा गर्नका लागि बर्सेनि श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ ।
बाइसधारा बुलबुले मुल धार्मिक, पौराणिक,ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ।मेलाको अबसरमा विभिन्न प्रतियोगिता सम्मपन्न गरिएको छ।धनुषबाण प्रतियोगीतामा शसिधर पण्डित प्रथम,ओसन के द्धितिय,हिमाल के सि तृर्तिय भएका छन ।
धनुषबाण प्रतियोगीताका बिजेता हरुलाई क्रमसः ११ सय, ८ सय र ६ सय पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै घैटो फोर प्रतियोगितामा सिताराम के सि, प्रथम,हिमाल के द्धितिय,उत्तम बि.क तृर्तिय भएको समितिका अध्यक्ष अन बहादुर भण्डारीले बताउनु भयो ।घैटो फोर प्रतियोगिताका बिजेताहरुलाई क्रमस: ११ सय,८ सय र ६ सय पुरस्कार प्रदान गरिएको भण्डारीले बताउनु भयो ।
त्यस्तै मरेङ्गको सोरठी नृत्य पर्दशन गरे बापत नृत्य समुह लाई रु १२ हजार प्रदान गरिएको थियो।मेलामा दर्शकको उत्साजनक सहभागिता रहेको थियो । कृषकहरुले,उत्पादन गरेका बिभिन्न कृषीजन्य उपजहरु समेत प्रदर्शन गरिएका थिए।
प्रतिक्रिया राख्नुहोस्