प्युठान नगरपालिका किसानलाई व्यावसायिक बनाउने अभियानमा जुटेको छ: नगर प्रबक्ता श्रेष्ठ  

प्युठान नगरपालिका किसानलाई व्यावसायिक बनाउने अभियानमा जुटेको छ: नगर प्रबक्ता श्रेष्ठ  

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले किसानलाई व्यावसायिक बनाउने अभियान थालेको छ । परम्परागत उत्पादनलाई प्रविधिको प्रयोगमार्फत व्यावसायिक बनाउने अभियान थालिएको हो। 
आइतबार जुमृमा कृषकहरुका लागि ३ दिने पशु व्यवस्थापन तालिम सन्चालन गरि अभियान शुरु गरेको हो।तालिमको उद्घाटन गर्दै नगर प्रबक्ता सुमन श्रेष्ठले नगरपालिकाले माटो हावापानी सुहाउँदो बाली र पशुपालन गरि पशुपालन र कृषीमा नगरपालिका आत्मानिर्भर बनाउने र आम्दानीको स्रोत बनाउने अभियान रहेको बताए।
परम्परागत तथा निर्वाहमुखी पशुपालन बाट नगरलाई समृद्ध बनाउन नसकिने भएकाले पशुपालन र कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणमा जानैपर्नेमा उनको जोड छ।पशुपालन र कृषिलाई आधुनिकीकरण नगरेसम्म गरिबी निवारण तथा देश समृद्धि नहुने बताउँदै उनले यिनै कुरालाई मनन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।किसानलाई व्यावसायिक बनाएर घरघरमा कमाई गर्न सक्ने र घरघरै उद्यमी बनाउने नगरपालिकाको अभियान छ। यस्तो गर्दा किसान व्यावसायिक बन्ने उनले बताए । “पहिले किसान स्वरोजगार हुन्छ, त्यसपछि किसानको उत्पादनसँग अन्य रोजगारी जोड्ने अभियान छ”,श्रेष्ठ भन्छन्,“कृषिबाट नै उन्नति गर्ने हाम्रो अभियान हो ।”
पौष २६ गते सम्म सन्चालन हुने उक्त तालिममा नगरका १० वटै वडाका २६ जनाको सहभागिता रहेको तालिमको सहजिकरण पशु चिकित्सक शर्मिला शर्मा र प्यूठान नगरपालिका पशु सेवा शाखा प्रमुख गिरीराज पौडेलले गरेका छन् ।