राम बहादुर बिश्वकर्मा
प्युठान,हिन्दू महिलाहरूको विशेष पर्व हरितालिका तीज नजिकिँदै गर्दा प्युठानका सुनचाँदी पसलहरूमा उल्लेखनीय चहलपहल देखिएको छ।विशेषतःबजार क्षेत्रहरूबिजुवार,बाग्दुला,भिङ्री,खलंगा,मच्छी,बाहाने,बरौला,ठुलाबेशी,जुम्री,बड्डाडाका गहना पसलहरूमा महिला ग्राहकहरूको घुइँचो लाग्न थालेको छ।
सुनको भाउ उच्च तर किनमेल उस्तै
सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार नाघिसकेको छ।तर ग्राहकको संख्या भने घटेको छैन।
तीज लक्षित छुट अफर,पुराना गहना साट्ने योजना र आकर्षक प्याकेजले पनि ग्राहक तान्न सफल भएका हुन।परम्परागतदेखि आधुनिक ढाँचासम्मका गहना पसलमा सजिएर राखिएका छन्।
“तीज आउनै लाग्दा ग्राहक संख्या दोब्बर भएको छ।,”प्युठान नगरपालिका-४ बिजुवार स्थित माल्भिका ज्वैलर्सका सन्चालक भन्छन्,"मूल्य जे भए पनि चाडपर्वमा गहना किनिन्छ भन्ने नेपाली समाजको सोच अझै जीवित छ।"उनका अनुसार,अहिले झुम्का,हार,मंगलसूत्र,तिलहरी र साना-साना गहनाको माग धेरै छ।
तस्बिर :महिलाहरुको महान चार्ड हरितालिका तिजको अबसरमा विशेष छुट सहित उहाँहरुको रोजाई र चाहना अनुसार आधुनिक डिजाइनका गहना बिक्री तथा साटफेर समेत गर्दै आएका छौँ।
मीन राज गहतराज
संचालक माल्भिका ज्वैलर्स
सांस्कृतिक र आर्थिक गतिविधि सँगसँगै तीज महिलाहरूको आत्म-अभिव्यक्ति र सांस्कृतिक गौरवको पर्व मात्र होइन,यसले बजारमा ठुलो आर्थिक चहलपहल पनि ल्याउने गर्छ। सुनचाँदी व्यवसायमा तीजकै समयमा सबैभन्दा बढी कारोबार हुने व्यवसायीहरूको अनुभव छ।
प्रतिक्रिया राख्नुहोस्