समुदाय स्तरमै कोरोना सङक्रमण बढ्न थालेपछि प्युठानमा पुनः विद्यालय बन्द हुन थाले

समुदाय स्तरमै कोरोना सङक्रमण बढ्न थालेपछि प्युठानमा पुनः विद्यालय बन्द हुन थाले

राम बहादुर बिश्वकर्मा, प्युठान। जिल्लाको नौबहिनी गाउँपालिकाका सामुदायिक विद्यालय पुनः बन्द हुने भएका छन ।
कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि नौबहिनी गाउँपालिकाले आईतबार देखि पुन: बिद्यालय बन्द गर्न निर्देशन दिएको हो ।  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले आईतबार देखि लागू हुने गरि अर्को सुचना जारी नभए सम्म गाउंपालिकाभित्रका बिद्यालयमा पठनपाठन नगराउन निर्देशन दिइएको बताउनुभयो।’भारतबाट आउने बढे संगै समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले विद्यालय बन्द गर्न लगाएको हौं’, भण्डारीले भन्नुभयो। कोरोना कहरको बीच विद्यालय सञ्चालन गरेको खण्डमा जुनसुकै विद्यार्थी पनि संक्रमणको सिकार हुन सक्ने भएकोले विद्यालय बन्द गर्नु आवश्यक रहेको उहाको भनाई छ । नौबहिनी गाउँपालिकाले गत असोज ११ गतेदेखि पालिका क्षेत्रका विद्यालय सञ्चालन गर्न स्वीकृति दिएपछि यहाका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएको थिए। जिल्लाका अन्य स्थानीय तहले समेत शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याएका थिए ।
तर विद्यालयले स्वास्थ्य मापदण्ड पुरा नगरेकाले आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै अभिभावकहरुले चिन्ता ब्याक्त गरेका थिए।