अर्घाखाँची स्थित टिने बङ्गालोमा आगजनी,लाखौ को क्षति 

दीपेन्द्र सुनार
अर्घाखाँची,अर्घाखाँचीमा अपरिचित ब्याक्तीद्रारा टिने बङ्गालोमा आगो लगाइदिदा लाखौ रुपैयाँको क्षती भएको छ।जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ गैरा निवासी हुम बहादुर सुनारको टिने बङ्गालोमा शुक्रवार बिहान तीन बजे आगो लगाइदिदा बङ्गालो पुर्ण रुपमा जलेर नस्ट भएको छ। भने गोठमा बाधेर राखेको भैंसी र खाद्यान्न समेत जलेर नस्ट भएको छ।आगो अहिले स्थानीय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी चौकी हंशपुर का हवल्दार चन्द्र ओली ले जानकारी दिएका छ्न।