राम बहादुर बिश्वकर्मा
प्युठान,“जब म सानो थिएँ मेरो बुबाआमाले मलाई सधै भन्नु हुन्थियो,गरिब,दिनदुखी,असाय र असक्तलाई सेवा गर्नु त्यहा खुशी मिल्छ। ” यही मूल मन्त्र शिरोपण गरेर चिकित्सक सेवामा लागेका मल्लरानी गाउँपालिका वडा नम्बर ३ बर्बोटमा जन्मिएका डाक्टर राजेन्द्र पौडेल पेशाले चिकित्सक भए पनि विभिन्न सामाजिक कार्यमा सक्रिय देखिन्छन ।
लायन्स कल्ब अफ प्युठानले सामाजिक सेवामा सक्रिय भएको भन्दै शनिबार जुम्रीमा डाक्टर पौडेल लाई गरेको सम्मान कार्यक्रममा उनले भनेका छन।,”खुसि बास्तबमै सामाजिक कार्यमै पाईदो रहेछ, चाहे त्यो आफू हुर्केको ठाउँ होस् या अरु कुनै स्थान, मानव मानव नै हुन्। उनीहरुको सेवा गर्दा जुन आनन्द मिल्छ सायदै त्यो अरु कुरा बाट पाइदैन ।
लायन्स कलब अफ प्युठानको समन्वयमा हाल सम्म ६१ जना अति बिपन्न बिरामीको निशुल्क स्वास्थ्य सेवामा सक्रिय पौडेल भन्छन्,” हामीले मानव जीवन पाएपछि हामीमा मानवता जीवित राख्नु पर्छ, हाम्रो सानो सहयोग अरुका लागि बहुमुल्य हुन सक्छ। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व आत्मासाथ गर्दै आफ्नो जिल्ला र जनतालाई सदैव सहयोग गर्ने प्रतिबद्धता गर्दछु । “
लायन्स क्लब अफ प्युठानका अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सम्मानित हुँदै डाक्टर पौडेलले लायन्स क्लबले मानवीय सेवामा पुर्याएको योगदानको खुलेर प्रसंशा गरेका थिए ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पौडेल हाम्रो लागि भगवान हुनुहुन्छ,हामी असक्तलाई सहयोग गरि त्यहाँ सम्म बाटो देखाउने लायन्स कलब प्युठानलाई सदैव सम्झिरहने निशुल्क स्वास्थ्य सेवा लिई फर्केका डोर बहादुर पुनले धन्यवाद दिए।
हृदयदेखि नै समाजसेवाले जनताको विश्वास र माया बटुलेका प्युठान नगरपालिकाका सस्थापक मेयर एबम लायन्स कलब प्युठानका जोन चियर पर्सन अर्जुनकुमार कक्षपतिले समाज सेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि डाक्टर पौडेललाई सम्मान गरिएको बताए।
निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन्, लायन्स क्लब प्युठानका जोन पर्सन कक्षपतिले भने,सामाजिक भावना भएका मानिस जहाँ लाग्छन् हृदयदेखि लाग्छन् कर्मथलो बाहिर भए पनि जन्मथलो लाई माया गरि जिल्लाबासिको स्वास्थ्य सेवामा तल्लीन हुने डाक्टर पौडेल प्रती सम्मान छ।"


प्रतिक्रिया राख्नुहोस्