दुर्लभ रोग लागेका बालकको उपचारमा "पदम"ले गरे आर्थिक सहयोग 

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका ९ स्थायी घर भई हाल बुटवल उप महानगरपालिका १२ ढबाहामा ब्यसाय गर्दै आउनुभएका पदम भण्डारीले दुर्लभ रोग ले पीडित बालकको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । भण्डारीले पीडित बालकलाई ८ हजार   रुपियाँ उपचार खर्च सहयोग गर्नुभएको हो ।
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बेवरेका ७ बर्षिय मौषम बि.क को लिङ्ग सामान्य अबस्थाको भन्दा ४ गुणा वृद्धि भई मलद्वार सम्म पुगेको र नेपालमा उपचार असम्भव भएकाले हाल भारतको पिजि आई अस्पतालमा उपचारका लागि गएको र उपचार खर्च अभावमा घर फर्काउन लागिएको खबर पाएपछी भण्डारीले उक्त रकम सहयोग गर्नुभएको हो।
बालकको लिङ्ग र मलद्वार सम्म अस्वभाविक मासु वृद्धि भएको र यस्तो समस्या बिरलै देखिने गरेको र समयमै उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह छ । उपचार खर्चको जोहो नभएपछि उहाँको उपचार गर्न नसकिएको घरका सदस्यहरुको भनाई छ ।  
मौषमको अवस्था अत्यन्तै दयनीय रहेछ,आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेको हुँ`, भण्डारीले भन्नुभयो, `दुर्लभ रोग जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ।  भण्डारीले भन्नुभयो बि क  को उपचारमा केही सहयोग पुगोस्।

तस्बिर: पिडित मौषमलाई देखिएको समस्या

बि क को बुवा जन्म सिद्ध हातको अपांग त्यही पनि दुर्घटनामा परि मानसिक समस्याले ग्रसित हुनुहुन्छ भने आमाले कान सुन्नु हुन्न। बि क को परिबार बिहान बेलुका हात मुख जोर्न समेत कष्टकर भइरहेको छ।
श्रीमान लाई सदाका लागि बिदा गरियो ,छोरा जन्मसिद्ध नै अपाङ्ग त्यसमा पनि दुर्घटना परि मानषिक समस्या, बुहारीले पनि कान सुन्दैनिन त्यसमा नातिलाई यस्तो रोग लाग्यो दुर्घटनामा परेको छोरा बचाउन लागेको ऋण तिर्न बाकी नै छ। मौषमका हजुरामा ललिता बि क ले बताउनुभयो।“उपचारमा आर्थिक अभाव भएर साह्रै गाह्रो भइरहेका बेलामा नातिको उपचारका लागि ८ हजार सहयोग पठाउनुभएछ एकदमै खुशी लाग्यो”, सहयोग रकम पाएपछि मौषमकी हजुरामा ललिताले गहभरि आँशु पार्दै ललिताले भन्नुभयो–“उहाँले गरेको गुण कहिल्यै बिर्सिदैनौं ।”