प्युठानका युवाहरु मसाल छाड्दै,एमाले रोज्दै १३ जना युवा एमालेमा प्रवेश

प्युठानका युवाहरु मसाल छाड्दै,एमाले रोज्दै १३ जना युवा एमालेमा प्रवेश

प्युठान,प्युठान नगरपालिका वडा नम्बर  १० का १३ जना युवाले मसाल  परित्याग गरि नेकपा एमाले रोजेका छन् ।राष्ट्र,राष्ट्रियता र देशको भविष्य बोकेको पार्टी एमाले नै रहेको निष्कर्ष सहीत युवाहरुले नेकपा एमाले रोजेका हुन् ।
नव प्रवेशी युवाहरुलाई नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा प्रतिनिधि शभा सदस्य उमेदवार सुर्य थापाले औपचारिक कार्यक्रमका बीच स्वागत गरेका हुन् । दुई दुई पटक प्रतिनिधि शभा सदस्य निर्वाचित भएपनि प्युठानि जनताले कहिले जितको आभाष गर्न नपाएको र जनजीवीकाका सवालमा मसालको उमेदवार गैर जिम्मेवार देखिएको निष्कर्ष सहीत एमाले रोजेको युवाहरुको भनाई छ ।मसाल त्यागेर एमाले रोज्नेमा प्युठान नगरपालिका वडा नम्बर १० का रमेश के.सि,सुदन खड्का,रमेश के सि,रामचन्द्र के सि ,मधु  के सि , सकुन्तला के सि, शुसिला कार्की के सि,देवा के सि,अम्बिका बि.क,हिरा बि.क,संगिता बि.क,कृष्ण परियार ,कृष्ण बहादुर बस्नेत रहेका छन् ।

आफू सहीत आफू मातहतका युवाहरूलाई समेत एमालेमा आवद्ध गराउने बचन नवप्रवेशी युवाहरुले दिएका छन् । 
मसालमा सरकारको नेतृत्व गर्ने देखि गाउँ स्तरको नेता कार्यकर्तामा कुनै नयाँ विचारको बहस र युवा वर्गका लागि प्रष्ट योजना नदेखिएकोले एमाले राजेको नवप्रवेशी रमेश के सि ले बताएका छन् । रमेश के सि मसालका युवाहरु माझ चर्चीत अनुहार हुन् ।
एमाले प्रवेश गर्दै रमेश के सि ले कम्युनिष्टका नाममा साना-साना झुपडीको आवश्यकता नरहेको भन्दै अब एउटै कम्युनिष्ट पार्टीले जनताको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
के सि ले भने"मसालमा रहदा गलत कुरालाई सही मानेर त्यही कुराको पैरवी र व्याख्या गर्दै म त्यहा बसिरहन सकिनँ।अन्त्यमा,नेकपा (एमाले) मा आबद्ध भएको यो क्षणमा मैले अत्यन्त सही छनोटको गौरव गरिरहेको छु ।"नेकपा एमाले प्युठानको आयोजनामा मरन्ठाना खरिबोट मा सम्पन्न चुनाबी भेलामा नवप्रवेशीलाई स्वागत गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यका उम्मेद्बार सुर्य थापाले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । आगामी निर्वाचन बाट मसाल लाई बत्ती बालेर खोज्नुपर्ने हुनसक्ने भन्दै सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने उनको तर्क थियो ।
प्युठानले समृद्धि खोजेको उल्लेख गर्दै उनले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने बताए । 
उचित समयमा युवाहरूले सहि निर्णय गरेकोमा धन्यवाद दिदै थापाले भने आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न पनि नव प्रवेशि,पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।