दीपेन्द्र सुनार
प्युठान,आउदो प्रतिनिधि र प्रदेशसभा चुनाव लाई लक्षित गरी निर्वाचन आयोग नेपालले सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय कर्मचारी र शिक्षकहरू लाई कुनै पार्टीको कार्यक्रममा प्रचारप्रसार मा रोक लगाएपनी प्युठानका एक बिधालयका शिक्षकहरू बिधालय बन्द गरी पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छ्न।जिल्लाको झिमरुक गाउँपालिका वार्ड न १ सौतामारे मा रहेको श्री अमर शिह माध्यमिक बिधालय का शिक्षकहरु बिधालय संचालनको बेला बिधालय बन्द गरी राष्ट्रिय जनमोर्चाले आयोजना गरेको कार्यक्रममा बिधालयको पोसाक सहित निर्वाचन आयोगको आचारसंहिताको सिमा तोडी सहभागी भएका हुन।
निर्वाचन आयोगले २०७९असोज २५ गते निकालेको प्रेस विज्ञप्ति अनुसार नेपाल सरकार , प्रदेश सरकार र स्थानिय तह अन्तर्गतका निकाय , अर्धसरकारी तथा सार्वजनिक संस्था र सिमा कार्यरत कर्मचारी , बिधालय ,महाबिधालय वा विश्वविधालय तथा सो मा समृद्ध कर्मचारी , प्रधायपक , तथा शिक्षक सरकारी वा गैरसरकारी निकाय बाट सन्चालित परियोजना बिकाश समिति सो का कर्मचारीले पालाना गर्नुपर्ने आचारणहरु बारे स्पष्ट ब्याब्स्था गरिएको छ। आचारसंहितामा कुनै राजनीति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संम्लग्ता हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक संजालमा राजनीतिक दल वा पक्ष वा विपक्षमा कुनै संन्देश सुचना प्रचारप्रसार सामाग्री पोस्ट सेयर गर्न वा सामाजिक संजाल मार्फत मत माग्न नहुने ब्यावस्था गरेको छ। उक्त ब्यावस्था तोडे निर्वाचन आयोगले ऐन २०७३ को दफा २३ बमोजिम स्पस्टिकरण सोधी आवश्यक कार्वाहीको प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको थियो
प्रतिक्रिया राख्नुहोस्