एमाले गौमुखी गाउँपालिका अध्यक्षमा जुमानसिंह  जि.सि

सीता बि.क

प्युठान,नेकपा एमाले प्युठानले धमाधम पालिका अधिवेशनहरु सम्पन्न भएको छ । नेकपा एमाले गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा जुमानसिह जि सि सर्वसम्मत चयन हुनुभएको छ ।
गौमुखिमा सम्पन्न नेकपा एमाले गौमुखीको दोश्रो गाउँपालिका अधिबेशनले जि सि को को अध्यक्षतामा  ४५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतिले निर्वाचित भएको हो।
अधिबेशनबाट आगामी ३ बर्षका लागि उपाध्यक्षमा विक्रम मल्ल,सचिवमा पदम बहादर के सी,उप-सचिवमा उपेन्द्र खड्का,उप-सचिवमा मसिना के सी बुढा रहनुभएको छ ।नव निर्वाचित अध्यक्ष जि सि ले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले गौमुखी गाउँपालिकामा एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै,'नीति,सिद्धान्त  र विचार सहित जनता माझ जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिबेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा प्युठान जिल्लाका संघीय संसद सूर्य थापा,विशिष्ट अतिथि लुम्बिनी प्रदेश शभा सदस्य तुल्सिराम रिजाल,भूमि समस्या समाधान आयोगका अध्यक्ष हरी रिजाल नेकपा(एमाले) जिल्ला कमिटी अध्यक्ष विजय विराज बिष्ट,जिल्ला कमिटी उपाध्यक्ष माधव शर्मा र युवा संघ जिल्ला अध्यक्ष विशेक थापा लगायतको उपस्थिति रहेको थियो ।