एमाले लुम्बिनी अधिवेशन : उमेदवार हरि रिजालको सदस्यता विवरण प्युठानमै भएको पुष्टि 

एमाले लुम्बिनी अधिवेशन : उमेदवार हरि रिजालको सदस्यता विवरण प्युठानमै भएको पुष्टि 

रुपन्देही,नेकपा एमाले प्यूठानले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका हरि रिजालको सदस्यता रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। रिजाल केन्द्रीय सदस्य भएकाले उनको पार्टी सदस्य काठमाडौं गएको र उनको प्रतिनिधित्व वैधानिक नभएको भन्दै बुटवलमा जारी प्रदेश अधिवेशनको निर्वाचन समितिमा उजुरी परेपछि एमाले प्यूठान जिल्ला कमिटीले यस्तो जानकारी पठाएको हो ।एमाले प्यूठानका जिल्ला अध्यक्ष विजय विराज विष्टले प्यूठानको नौबहिनी गाउँपालिका वडा नं ६ मा बस्ने हरि रिजालको जन्म ०२२/८/२ मा भएको र उनको संगठित सदस्य प्राप्त मिति ०४७/३/१९ मा रहेको तथा संगठित सदस्यता नम्बर १७५१ रहेको जानकारी निर्वाचन आयोगलाई दिएका छन् ।
यो पत्र उनले पार्टीको लुम्बिनी प्रदेश कमिटीलाई पनि बोधार्थ पठाएका छन् । तर,पत्रमा अहिले नवीकरण भएको मिति खुलाइएको छैन । उजुरी दिने पक्षले भने रिजालको सदस्यता अहिले जिल्लामा नभएको रेकर्ड पार्टी केन्द्रमा भएको भन्दै प्रश्न उठाएका छन् ।