नेकपा (माओबादी केन्द्र) प्युठान नगरमा भावी नेतृत्वको रस्साकस्सी,अध्यक्षमा के.सि र श्रेष्ठको दाबी

नेकपा (माओबादी केन्द्र) प्युठान नगरमा भावी नेतृत्वको रस्साकस्सी,अध्यक्षमा के.सि र श्रेष्ठको दाबी

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेकपा(माओवादी केन्द्र)प्युठान नगरपालिकाको नगर अधिवेशनलाई नेतृत्व चयन गर्न सकस भएको छ। अधिवेशनको उद्घाटन सत्र सम्पन्न भए पनि बन्द सत्र वैशाख १९ गतेसम्मका लागि स्थगित गरिएको छ।
नगरमा  नेतृत्वका लागि दुई युवा नेताबीच प्रतिस्पर्धा देखिएपछि कमिटीको टुङ्गो लगाउन नसक्दा बन्द सत्र लम्बिएको बताइएको छ।
नगर अध्यक्षका लागि लिलापसिह के.सि र सुमनराज श्रेष्ठको नाम चर्चामा छ ।
के.सि २०७४ सालमा प्युठान नगरपालिका–८ को वडा अध्यक्ष पद जितेका हुन भने श्रेष्ठ हाल वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रवक्ता हुन।केसी र श्रेष्ठ दुवै स्थानीय तहमा प्रभावशाली कार्यसम्पादन,संगठन निर्माण तथा जनसंपर्कमा सक्रिय रहेकाले आफू नेतृत्वका लागि योग्य भएको दाबी गर्दै आएका छन्। उनीहरूको समान स्तरको दाबी र प्रभावका कारण पार्टी नेतृत्व अन्योलमा परेको एक नेताले बताए।
पार्टीको नगर अधिवेशन शनिबार पार्टीका उपाध्यक्ष नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गरेका थिए। तर, सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि बन्द सत्र स्थगन गर्ने निर्णय गरिएको माओवादी स्रोतले जनाएको छ।