सीता बि.क
प्युठान,नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अबसरमा प्युठान शाखाले विभिन्न कार्यक्रम गरी मनाइएको छ।
स्थापना दिवसका अवसरमा महासंघले बुधबार प्रभातफेरी निकालेको छ।जुम्री बाट सुरु भएको प्रभातफेरी बिजुवार मित्रमणी चोकमा पुगेर समापन भएको थियो ।
कोण सभामा पत्रकार महासंघ प्यूठानका संस्थापक खुम बहादुर थापा,पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी,पूर्व अध्यक्ष इमान सिंह भारती तथा जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले सम्बोधन गरेका थिए । कोण सभामा शुभकामना मन्तव्य दिदै नेपालमा लोकतन्त्र,नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति गौरव भएको उनिहरुको भनाइ थियो।
शाखा अध्यक्ष सञ्जय रिजालले पत्रकारहरुको हितका लागि पत्रकार कल्याणकारी कोषलाई व्यवस्थापन गर्न महासंघले योजनाका साथ कार्य अघि बढाएको तथा पत्रकारहरुको हितका लागि हरतवरले कार्य गर्न महासंघ प्रतिवद्ध रहेको बताए ।
जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
तस्बिर: रक्तदान गर्दै शाखाका अध्यक्ष सन्जय रिजाल
यस्तै, जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७ जना पत्रकारहरुले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र बिजुवारमा रक्तदान गरेको शाखाका सचीव प्रकाश बैद्दले जानकारि दिए।
वि.सं. २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईसहितले स्थापना गरेको संगठनले धेरै उतारचढाव पार गर्दै ६६ वर्ष पूरा गरेको छ।



प्रतिक्रिया राख्नुहोस्