झिलिबाङ्गका महिलालाई चप्पल बनाउने पुनर्ताजगी तालिम सुरु

सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिका बड्डाडाको आयोजनामा गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम(MEDPA)अन्तरर्गत आइतबारदेखि वडा नम्बर १ झिलिबाङ्गका उद्यमिलाई १० दिने चप्पल बनाउने पुनर्ताजगी तालिम सुरु भएको छ।
वडा नम्बर १ वडा सदस्य शारदा राना पल्लीको अध्यक्षता एबम वडा अध्यक्ष नर बहादुर घर्तिको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष नर बहादुर घर्तिले सिप विकास सहितको रोजगारी सृजना आजको आवश्यकता भएकोले उत्साहित भएर तालिममा सहभागी हुन आग्रह गर्नुभयो।
महिलाहरूलाई आर्थिक सशक्तीकरण सहित अर्थोपार्जनका गतिविधिमा सहभागी बनाउन आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष घर्तीले वडावासीहरूको क्षमता विकासका लागि यस्ता प्रकारका कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताउनुभयो। 
१० दिन सम्म सन्चालन हुने उक्त तालिमको प्रशिक्षण सम्झना परियारले गर्नुहुनेछ।