राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपाल प्युठान शाखाको ११औँ अधिवेशनको मिति तोकिएको छ।
आइतबार बसेको सङ्घको पदाधिकारी बैठकले यहि बैशाख २५ गते अधिबेशन आयोजना गर्ने निर्णय गरेको सङ्घका उपाध्यक्ष महेश पाण्डेले जानकारी गराउनुभयो।
उहाँका अनुसार अधिबेशन आयोजनाका लागि विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ,अधिवेशन प्रतिनिधिका लागि प्रत्येक वडाबाट १ महिला सहित ३ जना रहने व्यवस्था गरिएको छ।पालिका कमिटी पदाधिकारी अधिवेशनको पर्यवेक्षक रहने छन् ।
बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिब इन्द्रमणी पोख्रेलले युवा संघ नेपाल नवीनता,सृर्जनशीलता,गतिशिलता सहित परिवर्तन,निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक संगठनको रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो।
केन्द्रिय समितीको सर्कुलर प्रस्तुत गर्दै संघ संघ अध्यक्ष बिशेक थापाले अधिबेशनले पार्टीको नीति,निर्णय र नेतृत्वलाई आत्मसात गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्नुपर्ने बताउनुभयो।
बैठकमा तोकिएको जिम्मेवारी सहित अधिबेशन तयारीमा जुट्न समेत अध्यक्ष थापाले आग्रह गर्नुभयो।
राष्टिय युवा सँघ को केन्दिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज पिम बहादुर पुनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै जिल्ला स्थित युवालाई सामाजिक आर्थिक तथा राजनीतिक रुपान्तरण गर्न अधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्