चार स्थानमा स्वर्णविन्दु प्राशन,प्यूठानका ५ हजार ४सय ८७ बालबालिका लाभान्वित

चार स्थानमा स्वर्णविन्दु प्राशन,प्यूठानका ५ हजार ४सय ८७ बालबालिका लाभान्वित

राम बहादुर बिश्वकर्मा
प्यूठान,आफ्ना बालबालिकाको स्वास्थ्य र स्याहारप्रति अभिभावकको चासो बढ्दै गएको छ। बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको स्वर्णविन्दु प्राशन कार्यक्रममा सहभागी हुनेको उल्लेख्य संख्याले पनि यसलाई पुष्टि गरेको छ।कार्तिक १६ गते सोमबार प्यूठानका चार स्थानमा सञ्चालन गरिएको स्वर्णविन्दु प्राशन कार्यक्रममा ५ हजार ४ सय ४७ बालबालिकाले सेवा लिएका छन्। प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र,माण्डवी गाउँपालिका,स्वर्गद्वारी नगरपालिका र नौबहिनी गाउँपालिकामा आयोजित कार्यक्रममा २ हजार ५ सय ५ सय ४० बालिका र  २ हजार ९ सय ४७ बालक सहभागी भएका हुन्।
जिल्लाका विभिन्न स्थानमा एकैसाथ कार्यक्रम सञ्चालन हुँदा ठूलो संख्यामा अभिभावक आफ्ना बालबालिकासहित सहभागी भएका थिए। आयुर्वेदिक स्वास्थ्य सेवामार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमले समुदायस्तरमा सकारात्मक चासो सिर्जना गरेको देखिन्छ।
प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष रमेश विश्वकर्माले कार्यक्रमलाई निरन्तरता दिँदै आगामी मंसिर १३ गते पुनःस्वर्णविन्दु प्राशन सञ्चालन गरिने जानकारी दिएका छन्।उनले अभिभावकलाई निर्धारित स्थान र समयमै उपस्थित गराई आफ्ना बालबालिकालाई सेवा लिन आग्रह गरेका छन्।साथै,स्वर्णविन्दु प्राशन गराउनुअघि बालबालिकालाई खाली पेटमा राख्नुपर्ने भएकाले कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।अभिभावकको सहभागिता र सहकार्यबाट कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास केन्द्रले लिएको छ।