देउवा पक्षबाट प्युठान कांग्रेसको नेतृत्वमा देवेन्द्र वर्मा

प्युठान,नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्विरोध निर्वाचित भएका छन्।
आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट वर्मा सर्वसम्मत रूपमा सभापतिमा चयन भएका हुन्। वर्मा प्युठान नगरपालिकाका उपप्रमुखसमेत हुन्।
त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल निर्वाचित भएका छन्। सचिवमा दीपक केसी र कुमार श्रेष्ठ तथा सहसचिवमा गंगालाल विष्ट र माधव केसी निर्विरोध चयन भएका छन्।
निर्वाचन अधिकृत अधिवक्ता मेघराज भट्टका अनुसार अधिवेशनले पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला कार्यसमिति र ३५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको हो।