प्यूठानमा बाल्टिनको पानीमा डुबेर १७ महिने बालकको मृत्यु

राम बहादुर बिश्वकर्मा 
प्यूठान,प्यूठानको गौमुखी गाउँपालिका–७, नारीकोटमा घरमै खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा डुबेर १७ महिने बालकको मृत्यु भएको छ। 
प्रहरीका अनुसार स्थानीय शिवलाल थापाका १७ महिने छोरा कृष थापा २०८३ कात्तिक १२ गते बिहान करिब ७:४५ बजे आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा डुबेर बेहोस भएका थिए।
बेहोस अवस्थामा रहेका बालकलाई उनकी काकी नाता पर्ने सानुमाया थापाले उपचारका लागि जिल्ला अस्पताल बिजुवार,प्यूठान पुर्‍याएकी थिइन्।अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा सोही दिन बिहान करिब ११:३० बजे बालकको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुजालिबासे,प्यूठानबाट प्रहरी सहायक निरीक्षक मीनबहादुर सेनको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।