‘चिनो रुमाल’ रिलिज भयो जोगेन्द्र र भुपिमायाको सुमधुर स्वरमा(भिडियो सहित)

‘चिनो रुमाल’ रिलिज भयो जोगेन्द्र र भुपिमायाको सुमधुर स्वरमा(भिडियो सहित)

काठमाडौं,प्यूठानमा जन्मिएका जोगेन्द्र विश्वकर्मा सानै उमेरदेखि गीत संगीतमा अत्यन्तै रुची राख्ने गर्दथे । सानै उमेरमा गाँउघरमा गीत गुनगुनाउने गर्थे रे । गाउँ घरतिर उनलाई हिरो,गायक भन्ने गर्दथे । सानै उमेरमा गीतसंगीतमा रुची भएकै कारण उनले गाउँघर र आफन्तहरुको न्यानो माया पाए । त्यहि मायाले आज जोगेन्द्र नेपाली दर्शकमा गायकको रुपमा परिचित भएका छन् ।

गीत संगीतको क्षेत्रमा केही योगदान दिने उद्देश्य लिएर काठमाडौं छिरेका जोगेन्द्र करिव ७ वर्षको संघर्षपछि आफ्नो आवाजमा गीत रेकर्ड गर्न सफल भएका छन् । उनले विगत २ वर्षसम्म नेपाली फिल्ममा काम गरे । भुपी माया तामाङ्ग र जोगेन्द्र विश्वकर्माको अवाजमा रहेको ‘चिनो रुमाल’ बोलको गीत कृष्ण लामिछानेले संगीत संयोजन गरेका हुन । गीतलाई राज बहादुर सानेले निर्देशन र विशाल परियारको टिमले छायांकन गरेका हुन ।

यो पहिलो गीत सोचेजस्तै बनेको गायक जोगेन्द्रले  बताए । उनले भने, ‘यो पहिलो गीत सोचे भन्दा राम्रो भएको छ, मैले आशा गरेको छु, यो गीतले मलाई थप कार्यहरु गर्न हौसला मिल्ने छ’।पढाइ लेखाइसँगै गीत संगीतमा केही गर्छु भन्ने उद्देश्य लिएर काठमाडौं छिरेका जोगेन्द्र सोचेको जस्तो नभएपछि गीतसंगीतमा लाग्न र स्थापित हुन निकै गाह्रो भएको हामीसँगको संवादमा बताए। उनले ६ बर्षसम्म गीतसंगीतमै काम गरे, उनले धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन्। केहि चलचित्रमा पनि अभिनय गरेपनि स्थापित हुन नसकेमा मनलाई खल्लो बनाए । तर, असफलतानै सफलता हो भन्ने ठानेर सघर्षको मौदानबाट जोगेन्द्र भागेनन् । उनले बालापन हुदा देखेको सपना आज आएर पूरा गर्न सफल भएका छन् ।उनको आफुले गायको गीतमा आफैले अभिनय गर्ने सपना थियो । त्यो सपना ‘चिनो रुमाल’बाट पुरा हुने गायक जोगेन्द्र बताउँछन् । चिनो रुमाल पछि लगतै उनले एकपछि अर्को गीत गर्ने बताए । अब गर्ने हरेक गीतमा दर्शकहरुको माया पाउनेमा गायक जोगेन्द्रले विश्वास सहित अपेक्षा गरेका छन् ।
आज माघ ५ गते रिलिज भएको ‘चिनो रुमाल’ गीतमा अस्मिता रानपाल र गायक स्वयम जोगेन्द्र बिश्वकर्माले अभिनय गरेका छन् ।

 

‘चिनो रुमाल’ रिलिज भयो जोगेन्द्र र भुपिमायाको सुमधुर स्वरमा(भिडियो सहित)

‘चिनो रुमाल’ रिलिज भयो जोगेन्द्र र भुपिमायाको सुमधुर स्वरमा(भिडियो सहित)


Click Here to Visit