विज्ञान शिक्षक समाज नेपाल प्युठान नगरको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा गिरी

विज्ञान शिक्षक समाज नेपाल प्युठान नगरको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा गिरी

राम बहादुर बिश्वकर्मा
प्युठान,बिज्ञान शिक्षक समाज प्युठानको आयोजनामा प्युठान  नगरपालिकाको प्रथम नगर भेला जनता मा बि बाग्दुलामा सम्पन्न भएको छ।
भेलाले बाल बिध्या माबीका प्र अ तथा बिज्ञान शिक्षक केशु गिरी को अध्यक्षतामा १२ सदस्यीय बिज्ञान शिक्षक समाज प्युठान नगर समिति गठन गरिएको हो।
समाजको उपाध्यक्षमा सबिता दवाडी,सचिवमा मन बहादुर थापा,सह-सचिब निरज सुबेदी,कोषाध्यक्षमा राम बहादुर भण्डारी रहेका छन।

तस्बिर:बिज्ञान शिक्षक समाज नेपाल प्युठान नगरको नवगठित  कार्यसमिति  


त्यस्तै सदस्यहरुमा मुक्ति प्रसाद पोख्रेल,शिशिर बाबू आचार्य,प्रचण्ड खड्का,प्रमोद के.सि,केशव भण्डारी,नारायण के सि,योजना रोकाय,अर्जुन खड्का,मदन बुढाथोकी,केयरसिह जि एम,रामचन्द्र सुनार र लक्ष्मी बुढामगर रहेका छन। 
कार्यक्रममा नगरपालिकाका सामुदायिक विद्यालयमा बिज्ञान विषय अध्यापन गराउने शिक्षकहरुको उपस्थिती रहेको थियो।
नव निर्बाचित अध्यक्ष केशु गिरीले समाजमा विकृत सोच र विचारले नकारात्मक बाटो अङ्गालिरहेको परिपेक्षेमा बिज्ञान र जगतलाई स्थानिय तहमा जोड्न संगठन आबश्यक भएको र खस्किदो नतिजालाइ सुधार गर्न र पेसागत अप्ठेरा लाई न्यूनीकरण गर्न समिती गठन भएको बताउनुभयो।
गठीत समितिले विज्ञान विषयको पठन पाठन लगायत विज्ञान सँग सम्बन्धीत विद्यालय केन्द्रित कार्यक्रमहरु गर्ने योजना समेत रहेको नवनिर्वाचित गिरीको भनाई छ।