राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा (एकीकृत समाजवादी) प्युठानको जुम्री बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको बिहिवार जुम्रीमा पार्टी कार्यालय स्थापना गरिएको हो ।
जुम्री स्थित जाल्पा मन्दिरको दक्षिण तर्फमा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासीले उद्घाटन गर्नुभएको छ। पार्टी कार्यालय उद्घाटन गर्दै बिश्वासिले एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पुर्याएकाले नेपाली कम्युनिस्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गर्नुभयो।
कार्यालय उद्घाटन पश्चात् होटल आयुस्मा पार्टीको भावी रणनीति तथा कार्ययोजनाका बारेमा छलफल भइरहेको नेता हलिम मियाँ ले जानकारी दिनुभयो ।
नगर तथा गाउँपालिका प्रमुख एमाले मै रहेका छन भने प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्य एकीकृत समाजबादिमा आबद्ध हुनुभएको छ।
केन्द्रीय कमिटी सदस्य तथा प्यूठान जिल्ला सह ईन्चार्ज समेत रहेकी आचार्यले पार्टीको जिल्ला समिति गठन भए पश्चात वडावडामा पार्टी गतिविधि भइरहेको जानकारी दिदै एकीकृत समाजबादी सहीदिशा,सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताउनुभयो ।
साथै उहाँले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको दाबी गर्नुभएको छ ।
एमाले विभाजन भएपछि जिल्लामा दुवै पक्षले आफ्नो पक्षमा पकड जमाउन कार्यकर्ता तानातान गरिरहेका छन् ।
कार्यक्रमको अध्यक्षता गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष भोज विक्रम बुढा मगरले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारिक रूपमा बलियो हुनु जरूरी रहेकोले पार्टी कार्यालय उद्घाटन पश्चात अगुवा कार्यकर्ताका लागि प्रशिक्षण राखिएको जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्