राम बहादुर बिश्वकर्मा
प्युठान,अनेरास्ववियु को २३ औ राष्ट्रिय महाधिवेशनमा प्युठानका बिनोद भण्डारीले उम्मेद्बारी दर्ता गरेका छ्न।
लामो समय विद्यार्थी राजनीतिमा रहेका भण्डारी केन्द्रिय स्थायि कमिटी सदस्य रहेर बिद्यार्थी राजनीतिमा आफ्नो राम्रो पहिचान बनाइसकेका छ्न ।
विद्यार्थी राजनीतिमा बौद्धिक नेता भनेर चिनिने भण्डारीले केन्द्रिय सचिबमा दिएको उम्मेद्बारी सम्पुर्ण युवाहरुको प्रतिनिधित्व गर्दै दिएको बताएका छ्न।मनोनयन दर्तापछि भण्डारीले भने ‘मेरो उमेदवारी अग्रज लाई सम्मान,युवालाई प्रोत्साहन,युवा नेतृत्व स्थापित गर्नका निम्ति हो ।’
उम्मेद्बारी दर्ता गर्दै भण्डारीले भने‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’,भन्ने प्रतिबद्धता सहित अनेरास्ववियुको केन्द्रिय सचिवमा आफुले बिजय हुने बिश्वास रहेको बताएका छ्न।
गुणस्तरीय शिक्षा गतिशिल,सबल र सुदृढ सङ्गठन निर्माणका लागि नै उम्मेद्बारी रहेको हुदा भण्डारीले शुभेच्छुक प्रतिनिधि ज्युहरुलाई आफुलाई अमुल्य मत प्रदान गरी बिजय गराउन समेत अनुरोध गरेका छ्न।
प्रतिक्रिया राख्नुहोस्