उद्यमशिलता विकास सम्बन्धी दश दिवसीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

उद्यमशिलता विकास सम्बन्धी दश दिवसीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

सीता बि.क
अर्घाखाँची,झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल कलेज पाल्पाको आयोजनामा उद्यमशिलता विकास सम्बन्धी दश दिवसीय प्रशिक्षक प्रशिक्षण(Training of Trainers -ToT) तालिम आज  सम्पन्न भएको छ ।
लक्षित समुहका व्यक्तिहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु र सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले कलेजमा अध्ययनरत बिध्यार्थिहरुलाई तालिमको आयोजना गरिएको हो ।विशेष गरि व्यवसाय सुरु तथा सुधार गर्न चाहाने सम्भाव्य तथा व्यवसाय गरिरहेका उद्यमीहरुका लागि सञ्चालन गरिने कार्यक्रमका अतिरिक्त उद्योग व्यवसायका विकासमा सहभागि छनोट, तालीम संचालन, अनुगमन र मुल्यांकन कसरी गर्ने आदि विषयमा केन्द्रित तालिम निकै प्रभावकारी रहेको सहभागिले बताएका छन् ।तालिममा प्रशिक्षक बिजय जि सि ले  तालिममा व्यवसायको परिचय, अवधारणा, सफल उद्योगीका विशेषताहरु,व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, बजार योजना,बजार र बजारीकरण,वस्तु तथा सेवा उत्पादन योजना लगायत विषयमा स्पष्ट पारिएको थियो । त्यस्तै उत्पादन योजना,खर्च योजना व्यवसयामा महिलाको आवश्यक किन छ, फाईदा के के छन् विविध विषयमा अन्तरक्रियात्मक क्रियाकलाप गर्दै प्रशिक्षण गराईएको थियो ।त्यस्तै प्रस्तुतीकरण सम्बन्धी सीपको बारेमा पनि प्रकाश पारिएको थियो भने व्यवासायसंग सम्बन्धित विभिन्न खेलहरु पनि खेली अभ्यास गरिएको थियो ।
त्यस्तै सहभागिबाट समुह बिभाजन गरि विभिन्न व्यवसायीक योजना तथा प्रशिक्षकको रुपमा विकास भई पाठ्यक्रम योजना समेत बनाई सहभागिले प्रस्तुत गरेका थिए ।
१० दिने तालिममा रहेर सोंचे भन्दा बढि ज्ञान प्राप्त गर्न सफल भएको र प्रशिक्षकले प्रभावकारी रुपमा सहजिकरण गरेको भन्दै सहभागि अमित बस्याल र यमाकुमारी चुहानले खुसी व्यक्त गरेका थिए ।समापन कार्यक्रमका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक राम बहादुर बिश्वकर्माले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार उद्यमशीलता भएको बताउनुभयो।उद्यमशीलताको सोच उद्यममा परिणत गर्ने तीब्र इच्छाशक्तिसँग व्यक्तिको सीप र पूर्वाधारहरुको उचित संयोजन भएमा उत्तम नतिजा आउने बताउनुभयो ।तालिमलाई सफल तुल्याउन अहम भुमिका खेल्नुहुने प्रशिक्षक लाई धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँले तालिम लिएर मात्र नहुने भन्दै तालिममा सिकेका अनुभव र ज्ञानलाई समाजमा हस्तान्त्रण गरी व्यवहारमा लागु गरेमा मात्रै उपलब्धिमुलक हुने बताउनुभयो ।
कायर्क्रमको समापन गर्दै उहाँले बिध्यार्थीको भबिस्य निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गर्न अाफु तत्पर रहेको बताउनुभयो । सो कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता तथा कलेजकी प्रशिक्षक सर्मिला बि क ले ले गर्नुभएको थियो।