प्युठान,प्युठानको अग्रणी गैर सरकारी सस्था फुलबारी ग्रामीण बिकास सस्था खैरा को अध्यक्षमा छन्द बहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन्।
शनिबार सम्पन्न नबौ अधिबेशनबाट संस्थाको सञ्चालक समितिको अध्यक्षमा बस्नेत निर्बाचित भएका हुन।
समितिको उपाध्यक्ष भोज बहादुर बस्नेत ,महासचिव निर्मला पोख्रेल ,सचिब तिला बुडाथोकी ,कोषाध्यक्ष रमेश कुमार आचार्य चयन भएका छन।
त्यस्तै सदस्यहरुमा लोक बहादुर कवर ,कौशिल्या आचार्य,गोविन्द वहादुर बस्नेत,गोपाल बहादुर थापा र तारा नेपाली रहेका छन् । त्यस्तै संस्थाको विनियममा भएको व्यवस्था अनुसार समितीको पदेन सदस्य निबर्तमान अध्यक्ष गुणेन्द्र बस्नेत रहने व्यवस्था रहेको नव निर्वाचित अध्यक्ष छन्द बहादुर बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको संस्थाको २७ औ बार्षिक साधारण सभाको उद्घाटन सत्रमा महासचिव निर्मला पोख्रेलले प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमका साथै कोषाध्यक्ष रमेश कुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष एवं संस्थाका निबर्तमान अध्यक्ष नेत्रमणि आचार्य, पत्रकार महासंघका सचिव प्रकाश बैद्य ,आड्रा नेपालका पूर्ण लाल श्रेष्ठ,रुपान्तरणका शंकर भट्ट ,फूलवारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोज बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेष्ठ सदस्य झपेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक टिकाराम आचार्यले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्